गोकर्णेश्वर नगर अस्पतालको नगर प्रमुख दिपक रिसाल द्वारा निरीक्षण तथा स्वास्थ्यकर्मी संग छलफल

गोकर्णेश्वर नगर अस्पतालको नगर प्रमुख दिपक रिसाल द्वारा निरीक्षण तथा स्वास्थ्यकर्मी संग छलफल

कपन अनलाइन

काठमाडौं जेठ २० । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा संचालनमा रहेको गोकर्णेश्वर नगर अस्पतालको नव निर्वाचित नगर प्रमुख दिपक रिसालले निरीक्षण गरेका छन । बिहिबार  नगर अस्पताल पुगेका प्रमुख रिसाललाइ  नगर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले स्वागत गरेका थिए ।

निरीक्षणमा नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एबम निवर्तमान वडा अध्यक्ष श्री कुमार श्रेष्ठ , गोकर्णेश्वर नगरपालिका वडा नं ४ का नव निर्वाचित  वडा अध्यक्ष जयराम महत , गोकर्णेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय लगायतको उपस्थिति रहेको थियो।

निरीक्षणको क्रममा नगर प्रमुख रिसालले  अस्पताल बाट दिइने सेबा सुबिधा र अस्पतालमा तत्काल सुधार गर्नु पर्ने विषयमा स्वास्थ्यकर्मी संग छलफल गर्नुका साथै सो  अस्पताल बाट दिइएको उपचार तथा महामारी रोकथामका लागि गरिएको सेवा  प्रति नगर प्रमुखले प्रशंसा गर्दै  धन्यवाद व्यक्त गरेका थिए । साथै उनले नगर अस्पतालको थप भवन निर्माण र   विषेशज्ञ डाक्टरको व्यवस्था मिलाइने समेत बताएका छन  ।

 

तपाइँको प्रतिक्रिया ।