वृक्षारोपण र असहाय गाईबाच्छा संरक्षण अभियानलाई सहयोग गर्दै मानवअधिकार तथा शान्ति समाज काठमाडौंले स्थापना दिवस मनायो

वृक्षारोपण र असहाय गाईबाच्छा संरक्षण अभियानलाई सहयोग गर्दै मानवअधिकार तथा शान्ति समाज काठमाडौंले स्थापना दिवस मनायो

कपन अनलाइन

काठमाडौं जेठ २० । मानवअधिकार तथा शान्ति समाजको  २७ औ स्थापना दिवस बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।  स्थापना दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज काठमाडौं शाखाले गोठाटारस्थित असहाय गाईबाच्छा संरक्षण अभियानलाई रु. २० हजारको पिठो सहयोग गर्नुका साथै सोही स्थलमा वृक्षारोपण गरि स्थापना दिवस मनाएको छ ।

२०५३ जेठ १९ गते स्थापित स्वयंसेवी संस्था शान्ति समाजले पछिल्लो दशकमा जलवायु परिवर्तन र विश्वव्यापी उष्णताबारे सचेतना अभियान, हिमालय बचाउँ आन्दोलन, युद्ध निषेध: शान्ति विशेष अभियान, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार अभियान, लागू औषध/मदिरा दुव्र्यसन विरुद्ध अभियानलाई तिव्रता दिँदै आएको छ ।

 

तपाइँको प्रतिक्रिया ।