गोकर्णेश्वरका प्रमुख  तथा उप प्रमुख लाइ इसान र एन प्याब्सन गोकर्णेश्वरको बधाई तथा सम्मान

कपन अनलाइन

काठमाडौं, जेठ १७ ।स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुख  तथा उप प्रमुखलाइ बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।  सोमबार संस्थागत बिध्यालय संघ नेपाल (इसान) केन्द्रीय कमिटि काठमाडौं र नेशनल  प्याब्सन गोकर्णेश्वर नगर कमिटिको संयुक्त आयोजनामा   स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुख दिपक रिसाल तथा उप प्रमुख सान्नानी लामालाइ बधाई तथा सफल कार्यकालको  शुभकामना कार्यक्रम सम्पन्न भएको हो ।

नगरपालिकाको सभाहलमा  इसानका केन्द्रिय अध्यक्ष भिम बहादुर दर्लामीको अध्यक्षतामा भएको  उक्त कार्यक्रममा नेशनल प्याब्सन गोकर्णेश्वर नगर कमिटि अध्यक्ष मोहन अधिकारी   इसानका निवर्तमान अध्यक्ष राजकुमार श्रेष्ठ, एन प्याब्सन गोकर्णेश्वरका सचिव  निराजन आचार्य इसानकी  गोकर्णेश्वर कमिटि संयोजक साधना खतिवडा, गोकर्णेश्वर नगरपालिकाका शिक्षा शाखा अधिकृत टेकेन्द्र ढकाल  लगायतको उपस्थिति रहेको कार्यक्रम संचालन इसानका केन्द्रीय कमिटिका महासचिव गणेश प्रसाद खतिवडाले गरेका थिए।नेशनल प्याब्सन गोकर्णेश्वर नगर कमिटि अध्यक्ष मोहन अधिकारीले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए।

कार्यक्रममा इसानका निवर्तमान अध्यक्ष राजकुमार श्रेष्ठ, एन प्याब्सन गोकर्णेश्वरका सचिव  निराजन आचार्य इसानकी  गोकर्णेश्वर कमिटि संयोजक साधना खतिवडा गोकर्णेश्वर नगरपालिकाका शिक्षा शाखा अधिकृत टेकेन्द्र ढकाल लगायतले शुभकामना मन्तब्य राख्दै नव निर्वाचित जनप्रतिनिधिलाइ सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए । उनिहरुले  जनताको मत र मन जितेर ५ वर्ष कार्यकालको लागि समग्र   गोकर्णेश्वर नगरपालिकाको हित र बिकासका निम्ति प्रतिबद्धताका साथ अघि आएका नव निर्वाचित जनप्रतिनिधिहरुले निर्वाचनको दौरान गरेका प्रतिबद्धता र घोषणा अनुरुप काम गर्न सक्नेछन भन्ने बिश्वास ब्यक्त गरेका थिए । नव निर्वाचित जनप्रतिनिधिले जनमतको ख्याल राखी नगरवासीको हकहीत र नगरको समग्र बिकासमा ध्यान केन्द्रित गर्नु पर्नेमा जोड दिएका थिए  । उनीहरुले संस्थागत बिध्यालय र सामुदायिक बिध्यालय प्रति  हेर्ने दृष्टिकोण समान हुनु पर्नेमा जोड दिदै कुनै पनि विभेद र भेदभाव नहोस भन्ने अनुरोध गरेका  थिए। उनीहरुले संस्थागत बिध्यालयलाइ नगरपालिका अन्तर्गत बन्ने बिभिन्न समितिमा संस्थागत प्रतिनिधित्व गराउन अनुरोध समेत गरेका थिए।

कार्यक्रमलाइ सम्बोधन गर्दै नव निर्वाचित नगर प्रमुख दिपक रिसाल र उप प्रमुख सान्नानी लामाले  आयोजकलाइ धन्यवाद दिदै नगरको  समृद्धि र बिकासमा केन्द्रित हुने उद्घोष गरेका छन । सबैलाई समेटेर अघि बढ्ने बताएका  प्रमुख उप प्रमुखले आफुले पाएको जनमतको सम्मान गर्दै अघि बढ्ने बताएका थिए  ।उनीहरुले संस्थागत बिध्यालयलाइ रचनात्मक सुझाब दिएर नगरपालिकालाई सहयोग गर्न अनुरोध गर्दै नगरपालिका अन्तर्गत बन्ने बिभिन्न समितिमा संस्थागत प्रतिनिधित्व गराउने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए । कार्यक्रममा नगर प्रमुख उप प्रमुखलाइ मायाको चिनो समेत प्रदान गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।