गोकर्णेश्वर महादेव मन्दिरमा  क्षमा पुजा गरिने

गोकर्णेश्वर महादेव मन्दिरमा  क्षमा पुजा गरिने

कपन अनलाइन

काठमाडौँ, जेठ १५ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको ४ मा रहेको  गोकर्णेश्वर महादेव मन्दिरमा  क्षमा पुजा गरिने भएको छ। ऐतिहासिक ,सांस्कृतिक धार्मिक तथा पुरातात्विक महत्व बोकेको प्राचिनतम प्राचिन उत्तरगया पितृमोक्ष धाममा रहेको ब्रम्हाजी द्वारा स्थापित गोकर्णेश्वर महादेव मन्दिरको छाना पुन: निर्माण कार्य समाप्त भएको हुँदा श्री गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वाङगीण विकास समन्वय समितिको आयोजनामा  २०७९ साल जेठ १८ गते बिहान  ७:३० बजे गोकर्णेश्वर महादेव मन्दिर परिसरमा क्षमा पुजा ,सुवर्णमय जलधारा तथा १८ पुराण दैनिक ११ आबृति रुद्राभिषेक  समुद्घाटन कार्यक्रम  रहेको हुँदा   उक्त कार्यक्रममा सहभागी हुन समेत आयोजकले अनुरोध गरेको छ।

 त्यसै गरि मन्दिर परिसरमा श्री गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वाङगीण विकास समन्वय समितिले २०७४ साल फाल्गुन २३ गते देखि चैत्र ३ गते सम्म विराट महायज्ञ लगाई गोकर्णेश्वर महादेव मन्दिरको छाना पुन:निर्माण कार्य अगाडी बढाउने क्रममा हाल सम्म १०,००० /- भन्दा माथी दान गर्ने दाताहरुको नाम ताम्रपत्रमा लेख्ने कार्य अगाडी बढाउनुपर्ने भएकोले   मिति २०७९ जेठ २५ गते सम्म   श्री गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वाङगीण विकास समन्वय समितिको कार्यालयमा सम्पर्क राखी आफ्नो  बिवरण रुजु गरि ताम्र पत्र लेखन कार्य लाइ  सहयोग गरिदिन अनुरोध गरेको छ ।

 

साथै थप दान गर्न इच्छुक वा अन्य दाताहरुलाई समेत अनुरोध गरिएको छ ।

थप जानकारीको लागि,

श्री गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वाङगीण विकास समन्वय समिति

सम्पर्क: ९८४००६५३५९, ९८५११४८७५७,९८४१९८२२५०

तपाइँको प्रतिक्रिया ।