एकादेशकी राजकुमारी : गंगा लिगल (लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १४ ।
खुसहाल जीवन मात्र नभएर अत्यन्तै स्वच्छ धार्मिक भावनाले निस्चलता र निर्जलताले ओतप्रोत भै वैचारिक स्वच्छताले जीवनअत्यन्तनै आल्हदित भै बितेको थियो ।
राजाकी छोरी सौम्या सौन्दर्य कि अनमोल प्रतीक नै थिईन । तिनको बिबाहको लागि राजा राजा रानी अत्यन्त चिन्तित थिए । राजकुमारी हेर्न आउने सारा राजकुमारहरु तिनको सुन्दरता देखेर कोहि त बेहोस पनि भए ।
अतिभए पछि राजकुमारीले एउटा आफ्नै योजना बनाईन । राजकुमारहरु आउदा उनी आफ्नै रुपमा प्रकट भइन जस्मा तिनको मूर्ति अनि साचो रुप छुत्याउन गारो थियो ।
मुर्तिको हु बहु रुप देख्ने बितिकै कति पय राजकुमार मुकर्षित भए । त्यसैबेला राजकुमारी प्रकट भै त्यस मुर्तिको ढक्कन खोलिन । खोल्ने बितिकै दुर्गन्ध आउन थाल्यो । राजकुमारी भन्छिन हेर्नुहोस राजकुमारहरु ! यो हाम्रो पानीको शरीर अति राम्रो भएपनि क्षणिक हो यस्तोमा भुलेर जीवन बर्बाद गर्ने भन्दा ईश्वरको मनन चिन्तनमा लागेमा जीवन सफल हुन्छ ।
यस्तो राम्रो मीठो, कुरा सुनेर कोही खुशी भएर गए कोही लाजले भुतुक्क भएर मुख छोपेर कुलेलम ठोकेर गए ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक