काठमाडौं-१५ मा नेकपा एसको प्यानल नै विजयी, पुर्व प्रवक्ता ईश्वरमान डंगोल अध्यक्षमा निर्वाचित

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १३।

काठमाडौं महानगरपालिका वडा नं. १५ मा नेकपा एकीकृत समाजवादीको प्यानल नै विजयी भएको छ।

नेपाली कांग्रेसका उम्मेदवार जीवन डंगोललाई पराजित गर्दै वडाध्यक्षमा नेकपा एसका ईश्वरमान डंगोल दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।

उनले तीन हजार ४७६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डंगोलले एक हजार ५७२ मत प्राप्त गरेका थिए ।

चार सदस्यमा पनि नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार विजयी भएका छन्। वडासदस्य खुलामा विजु श्रेष्ठ र अवसरा केसी, महिला सदस्यमा मैयालक्ष्मी महर्जन र दलित महिला सदस्यमा रीता मिजार विजयी भएका छन।

वडा अध्यक्षमा निर्वाचित डंगोल काठमाण्डौ महानगरपालिकाका प्रवक्ता रहिसकेका छन।

तपाइँको प्रतिक्रिया ।