चन्द्रागिरि नगरपालिका वडा नं १ मा नेकपा एमालेको अग्रता

चन्द्रागिरि नगरपालिका वडा नं १ मा  नेकपा एमालेको अग्रता

कपन अनलाइन

काठमाडौँ, बैशाख ३१ । चन्द्रागिरि नगरपालिका वडा नं  १ को पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले अग्रता हासिल गरेको छ । १६  सय  मत गन्दा नेकपा एमालेका मेयरका उम्मेदवारले  ७७९  मत ल्याएका छन भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले ६१९   मत प्राप्त गरेका छन। त्यसै गरि उप प्रमुखमा नेकपा एमालेका उम्मेदवारले ८१०  मत प्राप्त गरेकी छिन। त्यसैगरि वडा नं १  मा नेकपा एमाले बाट अध्यक्षका उम्मेदवारले ७९९  मत ल्याउदा प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले  ६०४   मत ल्याएका छन ।

 त्यसैगरि नेकपा एमालेको महिला  वडा सदस्यले ८१५ मत ल्याउदा प्रतिस्पर्धी नेपाली कांग्रेसकि महिला वडा सदस्य ले ५७३ मत ल्याएकी छिन।  त्यसै गरि दलित महिला सदस्यले ८०५ मत ल्याउदा प्रतिस्पर्धी नेपाली कांग्रेसकी दलित महिला सदस्यले ५८३ मत प्राप्त गरेकी छिन।त्यसै गरि नेकपा एमालेका द्वय  वडा सदस्यहरुले क्रमश ८०२ र ७३८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका  वडा सदस्य द्वयले ५३५ र ५३३ मत प्राप्त गरेका छन ।

तपाइँको प्रतिक्रिया ।