ओखलढुंगामा नेकपा माओवादी केन्द्रले खाता खोल्यो :चिशंखुगढी-.१ मा उषक कटवाल विजयी

ओखलढुंगामा नेकपा माओवादी केन्द्रले खाता खोल्यो :चिशंखुगढी-.१ मा उषक कटवाल विजयी

ओखलढुंगा जिल्लाको  चिशंखुगढी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जितको खाता खोलेको छ ।

चिशंखुगढी गाउँपालिकाका वडा नं. १ मा माओवादी केन्द्रका उषक कटवाल ३४७ मतका साथ प्यानल नै विजयी भएका हुन् । त्यहाँ वडा अध्यक्ष पदका एमालेका उमेद्वारले २४६ तथा नेपाली कांग्रेसका उमेद्वारले २०९ मत पाएका छन् ।

त्यस्तै गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धनको तर्फवाट उमेद्वार बनेका माओवादी केन्द्रका उमेद्वारले ५२१ मत पाएका छन् भने एमालेका उमेद्वारले २५५ मत पाएका छन् । त्यस्तै पालिका अध्यक्षमा एकिकृत समाजवादीले १६ र जसपाले १ मत पाएको छ ।

तपाइँको प्रतिक्रिया ।