दक्षिणकाली नगरपालिका-१ मा नेकपा एमालेको प्यानल नै विजयी

दक्षिणकाली नगरपालिका-१ मा नेकपा एमालेको प्यानल नै विजयी

कपन अनलाइन

काठमाडौँ, बैशाख ३१ ।

दक्षिणकाली नगरपालिका-१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार जयन्द्र लामालाई पराजित गर्दै एमालेका जय थापामगर वडाध्यक्ष विजयी भएका हुन् ।एक हजार ९ मत पाएका पाएर वडाध्यक्ष जित्दा लामाले ८०५ मत मात्रै पाए । सबै वडा सदस्य पनि एमालेकै उम्मेदवार विजयी भएका छन् ।

दक्षिणकाली नगरपालिकाको   नगर प्रमुखमा  पनि एमालेकै अग्रता रहेको  छ । कांग्रेसका मोहन बस्नेतले ९१० मत पाउँदा एमालेका श्रीराम आचार्यले ९१३ मत पाएका छन् ।

 

तपाइँको प्रतिक्रिया ।