बुढानिलकण्ठमा बिनोदलाई प्रभावशाली नेता प्रकाशमान सिंहको साथ

बुढानिलकण्ठमा बिनोदलाई प्रभावशाली नेता प्रकाशमान सिंहको साथ

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २७।

नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकासमान सिंह बुढानिलकण्ठ नगरपालिकाको प्रमुख पदका उम्मेदवार बिनोद चालिसे र उपप्रमुख पदका उम्मेदवार रमिला वाग्लेको चुनावी अभियानमा सहभागी भएका छन।

काठमाण्डौ जिल्लाको राजनीतिमा निकै ठुलो प्रभाव राख्ने सिंहले चालिसेको अभियानमा सक्रिय सहभागी बन्दै बुढानिलकण्ठवासी संग मत मागेका थिए।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि घर दैलो अभियानमा रहेका नगर प्रमुख पदका उम्मेदवार चालिसे र उपप्रमुख पदका उम्मेदवार वाग्लेलाई यस अघि नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र प्रवक्ता डा. प्रकास शरण महतले पनि अभियानमा सहभागी बनेर साथ दिएका थिए ।

 

तपाइँको प्रतिक्रिया ।