बुढानिलकण्ठमा मिठाराम अधिकारीको चुनावी यात्रामा ईश्वर पोखरेलको साथ

बुढानिलकण्ठमा मिठाराम अधिकारीको चुनावी यात्रामा ईश्वर पोखरेलको साथ

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २७।

नेकपा एमालेका बरिस्ट उपाध्यक्ष ईश्वर पोखरेल बुढानिलकण्ठ नगरपालिका वडा नं ३ मा आयोजना गरिएको र्यालीमा सहभागी भएका छन।

काठमाण्डौ क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य नेकपा एमालेका तर्फ बाट बुढानिलकण्ठ नगरपालिकाको प्रमुख पदका उम्मेदवार मिठाराम अधिकारी र उपप्रमुख पदका उम्मेदवार अनिता लामा सहितको र्यालीमा सहभागी बन्दै मत मागेका थिए।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा १३ मध्ये ११ वटा वडामा निर्वाचित भएको नेकपा एमालेलाई जिताउन निकै सक्रिय बनेका पोखरेलले यस पटक पनि एमालेका उम्मेदवारलाई जिताउनु पर्ने भन्दै र्याली र कार्यक्रममा व्यापक सहभागिता जनाउदै आएका छन।

बुढानिलकण्ठ नगरपालिका १३ वडा मध्ये काठमाण्डौ क्षेत्र नं ४ मा ८ र क्षेत्र नं ५ मा ५ वटा वडा रहेका छन।फोटो सौजन्य : बिएसजी न्युज

 

 

तपाइँको प्रतिक्रिया ।