कठोर संघर्षले खारिएका शम्भु प्रसाद भट्टराई बुढानिलकण्ठ -१२ को चुनावी मैदानमा

कठोर संघर्षले खारिएका शम्भु प्रसाद भट्टराई बुढानिलकण्ठ -१२ को चुनावी मैदानमा

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २७।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को अध्यक्ष पदमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका शम्भु प्रसाद भट्टराई कठोर संघर्षले खारिएका नेता हुन्।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा नं १२ को अध्यक्ष पदमा निर्वाचित भएर ५ वर्ष जनताको सेवा गरेका भट्टराईले जीवन =मा धेरै आरोह अवरोहहरु पार गर्दै अहिलेको स्थानमा आइपुगेका छन।

सानै उमेरमा बुवा गुमाएर अनाथ बनेका भट्टराईले आमाको दरिलो सहारा र भाइहरुको अशल अभिभावकत्व लिदै धेरै दुख र कस्ट सहदै व्यवहारिक ,व्यवसायिक र राजनीतिक जीवनलाई अगाडी बढाएका थिए।

सिन्धुपाल्चोक जिल्लाको साविक सिन्दुकोट गाविसमा जन्मिएर कपन गाविस वडा नं १ मा आएर बसोवास गरेका भट्टराईले जनप्रतिनिधि हुनभन्दा अगाडी वडा नागरिक मंचको संयोजकका रुपमा विकास निर्माण र जनसेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

बिहान सवेरै उठेर वडाका विभिन्न स्थानमा भ्रमण गर्दै वडावासी संग सघन सम्पर्क र छलफल गरेर विकास निर्माणका योजनाहरुलाई सफलता पुर्वक कार्यन्वयन गरेका भट्टराईले नगरकै सानो वडामा ठुलो बजेट ल्याउन सफल भएका थिए।

अनेकौ निराधार आरोप ,प्रत्यारोप ,आलोचना र प्रसंशाको पर्वाह वडावासीको सेवामा अविचलित रुपमा तल्लिन  उनले बुढानिलकण्ठ नगरपालिकाको सुशासन समितिको संयोजकका रुपमा पनि आफ्नो अनुभव संगालिसकेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।