बुढानिलकण्ठ -११ का प्रभावशाली माओवादी नेता शक्तिविक्रम अधिकारी नेकपा एमालेमा प्रवेस

बुढानिलकण्ठ -११ का प्रभावशाली माओवादी नेता शक्तिविक्रम अधिकारी नेकपा एमालेमा प्रवेस

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २७।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का प्रभावशाली माओवादी नेता शक्ति विक्रम अधिकारी नेकपा एमालेमा प्रवेस गरेका छन। बुढानिलकण्ठ -११ पैयाटारमा आयोजना गरिएको कोण सभामा नेकपा एमालेका केन्द्रीय नेता धर्मदत्त देवकोटा र बागमती प्रदेस कमिटी सदस्य तथा निवर्तमान नगर प्रमुख उद्दव प्रसाद खरेलले अधिकारीलाई एमालेमा स्वागत गरेका थिए।

नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ नगर कमिटीका सदस्य रहेका अधिकारीले वडा नं ११ मा उपाध्यक्षको भूमिका समेत निर्वाह गरिसकेका छन।

२०५१ साल देखि २०६४ साल सम्म तत्कालिन प्ररायु संघका गाउँकमिटी अध्यक्ष ,विशेष जिल्ला कमिटी सदस्य हुदै विभिन्न जिम्मेवारी बहन गरेका अधिकारी २०६४ साल पछी नेकपा माओवादीमा सक्रिय रहेका थिए।

नेकपा माओवादी केन्द्रमा करिव १५ वर्षको राजनीतिक यात्रा अन्त्य गर्दै नेकपा एमालेमा प्रवेस गरेका अधिकारीले आजकै मिति देखि नेकपा एमालेका उम्मेदवारहरु जिताउन लाग्ने बताएका छन ।

 

तपाइँको प्रतिक्रिया ।