वडावासीको सेवामा सक्रिय रहेका केशव गुरुङ दोस्रो पटक गोकर्णेश्वर ७ को चुनाबी मैदानमा

वडावासीको सेवामा सक्रिय रहेका केशव गुरुङ दोस्रो पटक गोकर्णेश्वर ७ को चुनाबी मैदानमा

कपन अनलाइन

काठमाडौं,बैशाख २६। २०७४ सालको निर्वाचनमा गोकर्णेश्वर नगरपालिका वडा नं ७ को अध्यक्षमा नेकपा एमाले बाट निर्वाचित भएर सफलता पुर्वक कार्यकाल सम्पन्न गरेर दोस्रो पटक चुनाबी  मैदानमा  उत्रिएका  केशब गुरुङलाइ वडाबासीले न्यानो स्वागत गरेका छन ।

गोकर्णेश्वर नगरपालिका वडा नं ७ को बिभिन्न स्थानमा चुनावी एजेण्डा र प्रतिबद्धता पत्रसहित मतदाता संग मत माग्न पुगेका गुरुङ सहितको टिमलाइ स्थानीयले फुल माला खादाले स्वागत गरेका हुन  । गोकर्णेश्वर नगरपालिकामा नेकपा एमाले बाट मेयरका उम्मेदवार बनेका उद्दब बिष्ट उप मेयरका उम्मेदवार सान्नानी लामा सहित वडा अध्यक्ष केशब गुरुङ वडा सदस्यका उम्मेदवार बिन्दा सापकोटा ,अर्जुन प्रसाद गौतम, गंगा खतिवडा र कमला दर्जी सहित नेकपा एमालेका नेता तथा कार्यकर्ताको उपस्थितिमा भएको घर दैलो कार्यक्रम सम्पन्न भएको छ ।

२०७४ सालमा नेपाली कांग्रेस बाट गोकर्णेश्वर  वडा नं ७ को अध्यक्ष  निर्वाचित भए संगै निरन्तर वडावासीको सेवामा सक्रिय रहेका गुरुङ सहितको टिमले वडामा गरेका पूर्वाधार निर्माण ,कोरोना प्रकोपको समयमा खेलेको भूमिका,मानवीय सेवामा सक्रियता जस्ता सकारात्मक पहलका कारण वडामा लोकप्रिय रहेका छन ।सालिन र मिजासिला स्वभावका गुरुङले आफ्नो नेत्रत्वमा गरेको कामको आधारमा जनताले पुन निर्वाचित गराउनेमा बिश्वास ब्यक्त गर्दै निर्वाचित भएमा  अधुरा रहेका काम पुरा गरि वडालाइ थप सुन्दर र व्यवस्थित बनाउन आफ्नो सक्रिय भूमिका रहने समेत प्रतिवदत्ता व्यक्त गरेका छन  ।

तपाइँको प्रतिक्रिया ।