सुशासन प्रति प्रतिवद्द छु ,नगरपालिकालाई कार्यकर्ता र आफन्त भर्ती केन्द्र बनाउदिन : मिठाराम अधिकारी

सुशासन प्रति प्रतिवद्द छु ,नगरपालिकालाई कार्यकर्ता र आफन्त भर्ती केन्द्र बनाउदिन : मिठाराम अधिकारी

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २४।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फ बाट बुढानिलकण्ठ नगर प्रमुखका उम्मेदवार रहेका मिठाराम अधिकारीले आफु सुशासन प्रति प्रतिवद्द रहेको र आफुले जितेमा नगरपालिकालाई कार्यकर्ता र आफन्त भर्ती केन्द्र नबनाउने बताएका छन।

स्थानीय संचारकर्मीहरु संग अन्तर्किया गर्दै नगरपालिकाका सबै सक्षम र योग्य नागरिकले रोजगारका लागि सामना अवसर पाउनु पर्ने भन्दै आफुले जितेमा कर्मचारी छनौटलाई पारदर्शी बनाउने बताएका हुन्।

आफ्नै छोरा स्वरोजगार रहेको र छोरी निजि विद्यालयमा अध्यापन गर्ने जानकारी दिदै अधिकारीले कुनै पनि राजनीतिक स्वार्थ र पारिवारिक दवावमा कर्मचारी नियुक्ति ,लाभको पद वितरण र आर्थिक लाभका कामहरु नगर्ने प्रतिवदत्ता समेत व्यक्त गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।