कागेश्वरीमा कृष्णहरीको माहोल, उपेन्द्र संग आफ्नै असन्तुस्ट
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २३।
कागेश्वरी मनोहरा नगरपालिकामा अहिले निर्वाचनको माहोल निकै तातेको छ। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरु आक्रामक रुपमा प्रचारमा उत्रिए संगै नगरपालिकामा विभिन्न चर्चा परिचर्चा सुरु भएको छ।
सो नगरपालिकामा गठबन्धनको निर्णय र मर्म विपरित कांग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाको घरमा पुगेर धर्ना दिएर नगर प्रमुख पदको टिकट ल्याएका नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र कार्की संग आफ्नै कार्यकर्ता असन्तुस्ट बने संगै परिणाम फरक हुने आंकलन गर्न थालिएको छ।
नेकपा माओवादी केन्द्र संग गठबन्धन गरेर प्रभावशाली रहेका नेकपा एकीकृत समाजवादीका नेता कृष्णहरी थापालाई साइड लगाउने कार्कीको रणनीतिले खासै काम नगरे पछी अहिले नेपाली कांग्रेस कागेश्वरीमा चरम असन्तुस्टी देखिएको नाम नबताउने सर्तमा एक नेताले बताएका छन।
२०७४ सालमा कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुखमा निर्वाचित भएर अनुकरणीय काम गरेका कृष्णहरि थापाको पक्षमा माहोल देखिए संगै गठबन्धमा असमझदारी पैदा भएको जानकारी दिदै ति नेताले कतिपय जिल्ला स्तरीय नेताहरुलाई समेत वडामा प्रवेस नदिन उर्दी नै जारी गरिएको बताएका छन।
नौ वडा रहेको सो नगरपालिकामा कांग्रेस माओवादी गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन भने पुर्व नगर प्रमुख थापा एक्लै निर्वाचनको मैदानमा रहेका छन।
निर्वाचनको मुखमा गठबन्धन र नेपाली कांग्रेस भित्र असन्तुस्टी देखिए पछी अहिले नेताहरुले सो कुरालाई मिलाएर निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न निकै ठुलो कसरत गरिरहेको श्रोतले जानकारी दिएको छ।