गोकर्णेश्वर २ मा गठबन्धनको माहोल बन्दै

गोकर्णेश्वर २ मा गठबन्धनको माहोल बन्दै

कपन अनलाइन

काठमाडौँ, बैशाख २३ । गोकर्णेश्वर नगरपालिका वडा नं २ मा  गठबन्धनका उम्मेदवारहरुले संयुक्त घरदैलो अभियान सञ्चालन गरेका छन ।गोकर्णेश्वर २  मा नेकपा एकीकृत समाजबादी स्वतन्त्र उम्मेदवार र नेकपा माओवादी केन्द्रले चुनावी गठबन्धन गरेका छन  ।गठबन्धनबाट मेयरमा नेकपा (एकीकृत समाजबादी)गोपाल बराल र उपमेयरमा माओवादी केन्द्रबाट पेमाछिरी शेर्पा छन। त्यसैगरि गठबन्धन बाट वडा अध्यक्षमा स्वतन्त्र रुपमा चुनाब चिन्ह पुतली लिएर प्रेम प्रसाद  श्रेष्ठ रहेका छन भने सदस्यहरुमा एकीकृत समाजबादी बाट  कृष्ण बहादुर तामाङ, सरस्वती लामा तामाङ र   माओवादी केन्द्र बाट रामहरि  भण्डारी चुनाबी मैदानमा होमिएका छन।मेयर र उपमेयरसहित गठबन्धनबाट वडा सदस्यका उम्मेदवारहरु समेत संयुक्त रुपमा आज गोकर्णेश्वर नगरपालिका वडा नं २ मा  घरदैलो अभियानमा होमिएका हुन।

घरदैलोमा संयुक्त ब्यानर लिएर हिँडेका नेता/कार्यकर्ताले भोट पनि  कलम गोलाकार भित्रको हसिया हतौडा र पुतली चिह्नमा मत   मागेका थिए ।पार्टीको झण्डा, चुनावी एजेण्डा र प्रतिबद्धता पत्रसहित वडाका स्थानीय र पार्टीका नेता, कार्यकर्ताबीच सक्रिय भेटघाटमा ब्यस्त उप मेयरका उम्मेदवार पेमा छिरी शेर्पाले घरदैलोमा सर्वसाधारणको उत्साहपूर्ण सहभागिता हुन थालेको बताएका छन  । टोलटोलबाट सर्वसाधारण स्वतःस्फुर्त सहभागिता हुन थालेकोमा  खुसि ब्यक्त गर्दै आफ्नो घरमा आएका उम्मेदवार र कार्यकर्तालाई स्वागत गरेपछि सर्वसाधारण आफै घरदैलोमा सहभागी हुने गरेको पनि उनले बताए ।

यसले गठबन्धनको पक्षमा उत्साह पूर्ण माहोल बन्दै गएको  पनि उनले बताए । प्रत्येक घरका आफ्नै  समस्या रहेको र त्यी समस्या  आफुले नोट गरेको बताउने शेर्पाले  चुनाव जितेपछि समस्या हल गर्न यसै गरी घरदैलो गर्ने पनि बताएका छन  । उनले  पूरा गर्न नसकिने वाचा भन्दा मतदाताको दैनिक जीवनमा परिवर्तन ल्याउन तत्काल आवश्यक समस्यालाई सम्बोधन गर्न आफू लागि पर्ने पनि  उनले बताएका छन  । घरदैलोको सुरुवातमै देखिएको उत्साहले आफूहरुको जित सुनिश्चित भइसकेको पनि उनले बताएका छन  ।

तपाइँको प्रतिक्रिया ।