बुढानिलकण्ठ नगरपालिका वडा नं ९ मा सुमित्राको साहसलाई वडावासीको प्रसंशा

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २२ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ९ को वडा अध्यक्ष पदमा उम्मेद्वारी दिएकी  सुमित्रा त्रिपाठी पाण्डेको साहसलाई वडावासीले  प्रसंशा गरेका छन ।

नेकपा एसका जिल्ला अध्यक्ष तथा प्रदेस सभा सदस्य कुसुम कुमार कार्की र नेपाली कांग्रेसका प्रभावशाली नेता गणेश कोइरालालाई दह्रो चुनौती दिदै मैदानमा उत्रिएकी त्रिपाठी नगरपालिकामा एक मात्र ,महिला वडा अध्यक्ष उम्मेदवार हुन्।

बुढानिलकण्ठमा नेपाली कांग्रेसका हेभी वेट उम्मेदवार मध्ये एक गणेश कोइराला संग प्रतिस्पर्धाका लागि प्रत्यक्ष मैदानमा रहेकी उनले महिला नेतृत्व विकासमा पार्टीले गरेको पहल र विस्वासलाई जनमत लिएर प्रमाणित गर्ने भन्दै घर दैलोमा पुग्दा जनताको निकै न्यानो स्वागत पाएको बताएकी छन।

नगर कार्यपालिकामा रहेर महत्वपूर्ण जिम्मेवारी सम्हालेकी त्रिपाठीले लामो समय वडा नं ९ को कार्यबाहक अध्यक्षका रुपमा जनताको सेवा गर्दै सदस्य पद बाट उक्लिएर वडा अध्यक्ष पदमा उम्मेदवार बनेकी छन।

कार्यबाहक अध्यक्ष भएकै समयमा स्वास्थ्य सेवामा छुट , पूर्वाधार निर्माण ,सार्वजनिक जग्गा संरक्षण जस्ता विषयमा महत्वपूर्ण काम गरेकी उनलाई वडा नं ९ मा दरिलो उम्मेदवारका रुपमा हेरिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।