दोस्रो चरणको घरदैलो अभियानमा अध्यक्ष उम्मेदवार भरत श्रेष्ठको टिम

दोस्रो चरणको घरदैलो अभियानमा अध्यक्ष उम्मेदवार भरत श्रेष्ठको टिम

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २२ ।

१३ वटा वडा रहेको बुढानीलकण्ठ नगरपालिकामा पनि स्थानीय निर्वाचनको माहौल तातिँदै गएको छ । वडा नम्बर- १३ मा नेपाली काङ्ग्रेस र नेकपा माओवादी (केन्द्र) बिच गठबन्धन भएको छ । नयाँ वर्षको शुभ अवसर पारेर एक पटक बडा बासिलाई शुभकामना दिँदै वडाबासीको घरदैलोमा पुगी सकेका नेपाली काङ्ग्रेसका उम्मेदवार भरत श्रेष्ठले आफ्नो टिम सहित दोस्रो चरणको घरदैलो सुरु गरेका छन् ।

टुपेक गणेश मन्दिर बाट घरदैलो सुरु गरेका भरत श्रेष्ठले आफ्नो माता पिता र वडा निवासी आमा-बुबाको आशीर्वाद लिएर घरदैलो सुरु गरेका छन् । टुपेक गणेश बाट सुरु भएको घरदैलो नयाँ बस्ती हुँदै पुखुचा पुगेर सकिएको थियो । घरदैलो कार्यक्रममा नेपाली काँग्रेस र नेकपा माओवादी(केन्द्र) बुनपा-१३ का नेता एवं कार्य कर्ताहरूको उपस्थिति रहेको थियो ।

युवाहरूलाई समेटेर हिँड्न सक्ने नेताको रूपमा ख्याति कमाएका भरत श्रेष्ठ लाई घरदैलो कार्यक्रममा साथ, सहयोग र समर्थन जनाउन युवा वर्गको बाक्लो उपस्थिति रहेको थियो । दोस्रो चरणको घरदैलो सुरु गरेका भरत श्रेष्ठले “समुन्नत समाजका लागि समर्पित सबल र सक्षम स्थानीय सरकार” को नारा सहित आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

विभिन्न १६ वटा क्षेत्रलाई समेटेर संयुक्त रूपमा तयार पारिएको घोषणा पत्रमा नवीन सोच र योजनाहरू समेटिएका छन् । घरदैलो कार्यक्रममा जाँदा वडा वासिले सकारात्मक प्रतिक्रिया दिएको र जितको लागि शुभकामना दिएको भरत श्रेष्ठले वडाबासिले आफू प्रति देखाएको विश्वास कै कारण यस पटकको निर्वाचन आफ्नो टिमले जित्नेमा उनी ढुक्क रहेको बताएका छन।

तपाइँको प्रतिक्रिया ।