वडा अध्यक्षमा निर्वाचित भए भने सबै सेवा सुविधा वडावासीको हितमा खर्च गर्छु : राजाराम थापा ( बुढानिलकण्ठ -८ )

वडा अध्यक्षमा निर्वाचित भए भने सबै सेवा सुविधा वडावासीको हितमा खर्च गर्छु : राजाराम थापा ( बुढानिलकण्ठ -८ )

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २१।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार राजाराम थापाले आफु निर्वाचित भएमा कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका छन।

कपन अनलाइन संगको कुराकानीमा थापाले वडा नं ८ का जनताको मत पाएर निर्वाचित भएमा आफुले पाउने सम्पूर्ण सुविधा वडावासीको हितमा खर्च गर्ने बताएका हुन्।

अस्ट्रेलिया बाट एमबिए गरेर नेपाल फर्किए संगै व्यवसायिक क्षेत्रमा सक्रिय रहेका थापाले वडा नं ८ लाई नगरपालिकाकै नमुना र अनुकरणीय वडा बनाउने बताउदै अहिले मत जिते पछी मन जित्ने प्रतिवदत्ता ब्यक्त गरेका छन ।

बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि घर दैलो अभियानमा सक्रिय रहेका थापा प्रमोध अधिकारी ,मुक्ति खतिवडा ,ज्ञानुमाया श्रेष्ठ र पार्वती नेपाली सहित मैदानमा उत्रिएका छन ।

तपाइँको प्रतिक्रिया ।