लिखु गाउँपालिकामा नेकपा एमालेका अध्यक्ष उम्मेदवार मिलन कुमार विष्टविरुद्ध पक्राउ पुर्जी जारी

लिखु गाउँपालिकामा नेकपा एमालेका अध्यक्ष उम्मेदवार मिलन कुमार विष्टविरुद्ध पक्राउ पुर्जी जारी

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २०।

ओखलढुङ्गाकाे  लिखु गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष उम्मेदवार मिलन कुमार विष्टविरुद्ध दोहोरो नागरिकता र सरकारी कागजपत्र किर्ते गरेकाे आराेपमा पक्राउ पुर्जी जारी भएकाे छ ।

काठमाडाैं जिल्ला प्रशासन कार्यलयबाट मिलन कुमार विष्ट र ओखलढुङ्गा जिल्ला प्रशासन कार्यलयबाट हाेमबहादुर बिष्टकाे नाममा दाेहाेराे नागरिकता लिएकाे भन्दै काठमाडाैं प्रहरी परिसरले पक्राउ पुर्जी जारी गरेकाे हाे ।

ओखलढुङ्गाका डीएसपी सुकदेव खनालले अध्यक्ष उम्मेदवार विष्टविरूद्ध काठमाडाैं प्रहरी परिसर र भक्तपुर जिल्ला अदालतबाट पक्राउका लागि पत्र आएकाे जानकारी दिएका छन  ।

भक्तपुर जिल्ला अदालतले सरकारी कागजपत्र किर्ते गरेकाे अभियोगमा  बिष्टलाई जेल सजाय सुनाएकाे छ । साभार : नेपाल फेस डट.कम

तपाइँको प्रतिक्रिया ।