नेपाली कांग्रेसका उम्मेदवार बिनोद चालिसेको संकल्प :आफ्नाे श्रोतको पानी आफै खाने

कपन अनलाइन

काठमाण्डौ , बैशाख १६ ।

बुढानीलकण्ठ नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट नगर प्रमुखका उम्मेदवार  विनोद चालिसेले नगरको समृद्धि र सुशासनको ९ बुँदे संकल्प पत्र सार्वजनिक गरेका छन् ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा आयोजित कार्यक्रममा  नेपाली काँग्रेसका महामन्त्री गगन थापाले संकल्प पत्र सार्वजनिक गरेका हुन्।

चालिसले सार्वजनिक गरेकाे ९ बुँदे संकल्पमा बस्नयाेग्य सहरी पूर्वाधार, प्रबिधिमैत्री सुशासनयूक्त सेवाप्रवाह, जीवन्त वातावरण तथा सफा स्वच्छ नगरकाे नीतिगत अवधारणा आधारमा रहेकाे छ ।

संकल्पले फाेहरमैलाकाे सम्बन्धमा आफ्नै संरचनादेखि आफ्नाे पानी आफै खाने  अवधारणामा हरेक घरमा स्वच्छ पानी पुर्याउने विषय उल्लेख गरिएकाे छ ।

९ वटा विषयमा बिभाजन गरेकाे संकल्पभित्र वन्यजन्तुमैत्री वनजंगलदेखि सार्वजनिक जमिनकाे वातवरणमैत्री सदुपयाेगका कुरा उल्लेख गरिएकाे छ ।

चालिसेले नगरपालिकामा उम्मदेवार हुने सबै तहका उम्मेदवारसहित पार्टीका नेता तथा कार्यकर्ताबीच सार्वजनिक गरेकाे संकल्पमा राेजगारी र उद्यमशिलता आर्थिकरूपले  नमूना नगरकाे अवधारणा प्रस्तुत गरेका छन् । जसमा युवा उद्यमी व्यवसायीलाइ प्राेत्साहित गर्दै नयाँ साेचमा आधारित उद्यमलाइ प्रबर्धन गरिने उल्लेख गरिएकाे छ  ।

बस्नलायक,  हेर्नलायक र घुम्नलायक सहरकारूपमा बुढानिलकण्ठलाइ पुर्याउन  चालिसेले २० गते नगर घाेषणापत्र सार्वजनिक गर्दैछन् ।

तपाइँको प्रतिक्रिया ।