यस्तो बन्यो नेपाली कांग्रेसको बुढानिलकण्ठ-१० मा चुनाव हाक्ने टोलि ,निर्वाचन समितिमा नारदमणि घिमिरे
कपन अनलाइन
काठमाडौँ, बैशाख १५ ।
नेपाली कांग्रेसले बुढानिलकण्ठ -१० ले निर्वाचन केन्द्रित समितीहरु गठन गरेको छ ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिका वडा नं १० समितीका सभापति नारदमणि घिमिरे संयोजक रहेको ५५१ सदस्यीय निर्वाचन परिचलान समिती गठन गरिएको छ।
त्यस्तै पवित्रा पोखरेलको संयोजकत्वमा १००१ सदस्यीय प्रचार प्रसार उपसमिति गठन गरेको नेपाली कांग्रेसले प्रकास कोइरालाको नेतृत्वमा पेशाकर्मी तथा बुद्धिजीवी समिती गठन गरेको छ।
बुढानिलकण्ठ -१० मा निर्वाचन परिचालनका लागि नेत्र भट्टको नेतृत्वमा अनुगमन समिती गठन गरेको नेपाली कांग्रेसले किशोर गुरुङ संयोजक रहेको युवा परिचालन समिती पनि गठन गरेको छ।
त्यस्तै सुजन लोप्चनको संयोजकत्वमा गठन भएको महिला परिचालन समितिको सह संयोजकमा निलम जोशी र कालिका श्रेष्ठ सह संयोजक रहेका छन भने बुद्धिजीवी समितिमा डा.कमल गौतम ,ई. महेन्द्र पराजुली ,डा. चिरन्जीवी भट्टराई ,प्राध्यापक मिना पराजुली ,राजेन्द्र कुमार राउत र उत्तम थापा लगायत रहेका छन।
नेपाली कांग्रेस बुढानिलकण्ठ १० ले पहिलो चरणमा मतदाता समक्ष पुग्दा निकै उत्साहजनक प्रतिक्रिया पाएको बताउदै सभापति नारदमणि घिमिरेले अवका दिनमा गठन भएका समितीहरु मार्फत आक्रामक योजना तयार गरेर निर्वाचन जित्ने गरी परिचालन गर्ने जानकारी दिएका छन।
