कागेश्वरीमा माओवादी केन्द्र र नेपाली कांग्रेस बीच चुनावी तालमेल, को को बने नगर प्रमुख र उप प्रमुखको उम्मेदवार?
कपन अनलाइन
काठमाडौं बैशाख १२ । कागेश्वरी मनोहरा नगरपालिकामा सत्तारुढ गठबन्धनसम्बद्ध दलहरू माओवादी केन्द्र र नेपाली कांग्रेस बीच चुनावी तालमेल हुने भएको छ । एकीकृत समाजवादीबीच सहमति हुन नसकेपछि माओवादी केन्द्र र नेपाली कांग्रेस बीच मात्रै चुनावी तालमेल भएको हो ।
दुई पार्टीबीच बनेको सहमतिअनुसार मेयरमा नेपाली काग्रेस बाट उपेन्द्र कार्की उम्मेदवार रहेका छन भने उप मेयरमा माओवादी केन्द्रका भोला चापागाई उम्मेदवार बनेका छन ।त्यसै गरि वडा तह सम्म दुवै पार्टीको प्रतिनिधित्व सुनिश्चित गरि आवश्यक संख्यामा बाँडफाड गर्ने, वडा नं ७ मा नेपाली कांग्रेस र माओवादी केन्द्रले मित्रवत प्रतिस्पर्धा गर्ने ,साझा प्रतिबद्धता पत्र सहित चुनाबमा सहभागी हुने ।त्यसैगरि नगर कार्यपालिका सन्धर्भमा नेपाली कांग्रेस ३ र माओवादी केन्द्र ५ रहने पनि सहमति पत्रमा उल्लेख गरिएको छ ।