संचारकर्मी रोसन दानी चन्द्रागिरी नगरपालिकामा गठबन्धनका उपप्रमुख उम्मेदवार
कपन अनलाइन
काठमाडौं, बैशाख १२ पाँच दलीय गठबन्धनको तर्फबाट काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिकामा राष्ट्रिय जनमोर्चाले उपप्रमुख पद पाएको छ ।सोमबार बसेको पाँच दलीय गठबन्धनको बैठकले चन्द्रागिरीको उपप्रमुख जनमोर्चालाई दिन सहमती गरेको राजमो उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिए ।सो स्थानमा राष्ट्रिय जनमोर्चाका नेता रोसन दानी उपप्रमुखको उम्मेदवार बनेका छन ।
नगर प्रमुखमा भने नेपाली कांग्रेसले उम्मेदवारी दिने सहमति भएको स्रोतले बताएको छ । उप प्रमुखको उम्मेदवारमा सिफारिस भएका दानीले निर्वाचित भएको खण्डमा स्वास्थ्य शिक्षामा बिशेष योजना बनाएको बताउने दानी संचारकर्मी समेत हुन उनले संचार क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेर पेशागत हक हितको लागि स्थानीय सरकारको दायित्व पुरा गर्ने बताएका छन
तपाइँको प्रतिक्रिया ।