गोकर्णेश्वर -३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार सजल भण्डारीले उम्मेदवारी दिए

कपन अनलाइन

काठमाडौं, बैशाख ११ । गोकर्णेश्वर नगरपालिका वडा नं ३  को वडा अध्यक्ष पदका लागि स्वतन्त्र तर्फ बाट उम्मेदवार सजल भण्डारीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन । वडा अध्यक्ष उम्मेदवार भण्डारीले गोकर्णेश्वरमा स्थापना गरिएको  निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन।  उनको समर्थनमा प्रस्तावक कुमार ढकाल र समर्थनमा रुपक भण्डारी  रहेका  छन ।

राजनीतिक दलहरु भित्र नातावाद र कृपावाद हावी भएका कारण त्यसबाट टाढा रहँदै निस्पक्ष रुपमा जनताको काम गर्न आफुले  उमेद्वारी दिएको बताएका छन ।

तपाइँको प्रतिक्रिया ।