दक्षिणकाली-८ को अध्यक्षमा ९ मतले पराजित कांग्रेसका उम्मेदवार चतुर लामाले स्वतन्त्र उम्मेदवारी दिने

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ११।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा दक्षिणकाली नगरपालिका वडा नं ८ मा जम्मा  ९ मतले पराजित नेपाली कांग्रेसका उम्मेदवार चतुर लामाले स्वतन्त्र उम्मेदवारी दिने भएका छन।

दक्षिणकाली नगरपालिका वडा नं ८ मा लामो समयदेखि राजनीति र सामाजिक गतिविधिमा सक्रिय रहदै आएका चर्चित अनुहार लामाले स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरे संगै सो वडामा गठबन्धन निकै कमजोर बन्ने अनुमान गरिएको छ।

सो वडामा अहिले २०७४ सालको निर्वाचनमा तेश्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई वडा अध्यक्ष बनाउने तयारी भए संगै लामाले विद्रोह गर्दै स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका हुन्।

२०७४ सालको निर्वाचनमा एमालेका  राजकुमार लामा ६४१ मत ल्याएर  विजय भएको थियो भने नेपाली कांग्रेसका  चतुर बहादुर लामाले ६३२ मत प्राप्त गरेका थिए।

तपाइँको प्रतिक्रिया ।