चम्पादेवी प्रमुखको उम्मेदवारमा नेकपा एमालेका खड्ग बहादुर कार्की

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ११।

चम्पादेवी गाउँपालिका प्रमुखको उम्मेदवारमा नेकपा एमालेका खड्ग बहादुर कार्की चयन भएका छन।

प्रदेस नं १ कमिटीले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कार्कीलाई चम्पादेवी गाउँपालिका प्रमुखको उम्मेदवार बनाएको हो।

२०५४ सालको स्थानीय निकायको निर्वाचनमा साविक फुलवारी गाविसको अध्यक्षमा निर्वाचित भएका कार्की २०४९ सालमा उपाध्यक्षमा निर्वाचित भएका थिए ।

चम्पादेवी गाउँपालिकामा विकास प्रेमी नेताका रुपमा परिचय बनाएका कार्की केहि समय अगाडी मात्र नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेस गरेका थिए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट गाउँपालिका प्रमुखको उम्मेदवार बनेका उनले १९३९ मत प्राप्त गरेका थिए।

सो निर्वाचमा नेपाली कांग्रेसका नवराज केसी ३२४१ मत सहित विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका हरी घिमिरेले २८४१ मत प्राप्त गरेका थिए।

तपाइँको प्रतिक्रिया ।