नारायण नापित राष्ट्रिय केश कर्तनालयले ५० औं वार्षिकोत्सव ( स्वर्ण जयन्ती) मनायो

कपन अनलाइन

काठमाडौं,बैशाख ११ । २०२८ साल देखि कपाल काट्न शुरु गरेको नारायण नापित राष्ट्रिय केश कर्तनालयले ५० औं वार्षिकोत्सव तथा स्वर्ण जयन्ती मनाएको छ । शनिबार काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध स्थित राष्ट्रिय केश कर्तनालय सभाहलमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा रहेका थिए भने बिशेष अतिथिको रुपमा बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा, काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामा लगायत स्थानीयको उपस्थिति रहेको थियो ।  लामो समय देखि  केश कर्तन सेवामा लागेका नारायण नापित राष्ट्रिय केश कर्तनालय २०४४ सालमा आयोजित राष्ट्रिय कपाल काट्ने प्रतियोगितामा प्रथम भएको थियो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाले काम सानो ठुलो नहुने निरन्तर गरेको खण्डमा सफल हुने बताए ।  कपाल काट्ने पेशा अंगालेका नारायण नापितले  प्रदेश सभा सदस्य लामाको ४ पुस्ताको कपाल काटेको जानकारी गराएका थिए ।  नारायण नापित राष्ट्रिय केश कर्तनालयले  धेरैलाइ रोजगरि र शिप समेत प्रदान गरि स्वरोजगार हुन समेत प्रेरित गरेको जानकारी गराएका थिए ।  उनले कुनै पनि काम सानो नहुनेमा जोड दिदै उसले गर्ने मेहनतले  सफलता असफलता भर पर्ने पनि बताए ।  मेहनतको कदर  गर्नु पर्छ भन्दै उनले सम्पत्ति भन्दा इमान्दारिता सवैभन्दा ठूलो गहना भएको र इमान्दार मान्छे सधै अगाडी नै हुने उनले बताएका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले काम गर्नेलाइ सम्मान गर्नु पर्नेमा जोड दिएका थिए । नेपालमा काम गर्नेलाई कम सम्मान र अपमान गर्ने संस्कृति अझै रहेकोमा दुख ब्यक्त गर्दै सीप नभएका, थोारै लगानी र सानोतिनो काम गर्नमा रुचि नराख्ने, बरु खाडी मुलुकतिर जान मन गर्ने युवाहरुको संख्या बढेकोमा त्यसलाई रोक्न स्वरोजगार हुन तर्फ प्रेरित गर्नुपर्ने उनको भनाइ रहेको थियो । कपाल काट्ने पेशा आयआर्जनको लगि राम्रो माध्यम भएको पनि उनले बताए । नारायण नापित बाट शिप सिकेका धेरै जना स्वरोजगार भएको सुन्न पाउदा खुसि लागेको पनि बताए ।उनले कोभिडको जोखिममा नारायण नापितले गरेको सेवा प्रसंसनिय रहेको बताए । बागमती प्रदेशले कोरोना नियन्त्रणको लागि खोप कार्यक्रम प्रभाबकरी ढंगले संचालन गरेको पनि जानकारी गराए ।  नारायण नापित राष्ट्रिय केश कर्तनालयले ५० औं वार्षिकोत्सवमा सहभागी हुन पाउदा खुसि लागेको बताउदै आफुले पनि नारायण नापित बाट धेरै पटक कपाल काटेको स्मरण गरेका थिए ।  

तपाइँको प्रतिक्रिया ।