गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा  गोपाल बराल  सर्वसम्मत सिफारिस

कपन अनलाइन

काठमाडौं,बैशाख ११ । गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा  गोपाल बराल  सर्वसम्मत रुपमा सिफारिस भएका छन  । बराललाई नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) गोकर्णेश्वर  नगर कमिटिले सर्वसम्मत रुपमा  सिफारिस गरेको छ  ।त्यसै गरि उप प्रमुख डोल्मा लामालाई सिफारिस गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) का पोलिटब्युरो सदस्य समेत रहेका  गोपाल बराल तत्कालिन जोरपाटी गाबिसका अध्यक्ष समेत हुन ।  उनि अध्यक्ष हुँदा हालका काठमाडौं क्षेत्र नं ३ का सांसद कृष्ण राइ उपाध्यक्ष रहेका थिए ।  लामो समय नेकपा एमालेको विभिन्न कमिटीमा रहेर योगदान पुर्याएका बरालले नेकपा विभाजन भए संगै  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) रोजेका हुन । बराल  नेकपा एकीकृत समाजवादी बाट सर्वसम्मत रुपमा नगर प्रमुखको लागि  सिफारिस भए पनि  सत्तागठबन्धन बाट को नगर प्रमुख हुने भन्ने विषयमा  टुंगो लाग्न भने बाँकी नै छ ।  त्यसको लागि निरन्तर छलफल चलिरहेको स्रोतले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।