बुढानिलकण्ठका छ जनप्रतिनिधिहरु पहिला सुर्य बाट जिते र अहिले कलम बोक्दैछन ,को को हुन् ?
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ११।
बुढानिलकण्ठका छ जना जनप्रतिनिधिहरु नेकपा एकीकृत समाजवादीको तर्फ बाट उम्मेदवार बन्ने भएका छन । २०७४ सालको निर्वाचनमा सुर्य चिन्हबाट निर्वाचित उनीहरु यस पटक भने कलम चिन्ह बोकेर उम्मेदवार बन्न लागेका हुन्।
नेकपा एकीकृत समाजवादीमा गएका बुढानिलकण्ठ नगरपालिकाका दुई वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ राजेन्द्र सापकोटा मध्ये श्रेष्ठ नगर प्रमुख बन्ने दौडमा रहेका छन भने सापकोटा अहिले निस्क्रिय प्राय छन।
त्यस्तै यस पटक वडा नं १ का सदस्य श्याम वाइबा ,वडा नं ११ का सदस्य बिमल लामा र वडा नं १२ का सदस्य पुरुषोत्तम नेपालले वडा अध्यक्षमा उम्मेदवारी दिने लगभग टुंगो लागेको नेकपा एस श्रोतले जानकारी दिएको छ।
त्यस्तै धनमाया महर्जन , बबिता रम्तेल र लड्डु खड्का वडा नं ३ र ९ को सदस्य बन्ने सम्भावना रहेको छ। यदि बालकृष्ण श्रेष्ठ उम्मेदवार बनेको खण्डमा पहिला सुर्य र अहिले कलम बोक्ने जनप्रतिनिधिको शंख्या ७ पुग्नेछ।