गोकर्णेश्वर- ७ अर्यालगाउँमा साहित्यकार भैरब अर्यालको प्रतिमा अनावरण
कपन अनलाइन
काठमाडौँ, बैशाख ११ गोकर्णेश्वर नगरपालिका वडा नं ७ अर्यालगाउँमा साहित्यका बिराट प्रतिभा भैरब अर्यालको प्रतिमा अनावरण गरिएको छ । भैरबअर्यालको पुर्ख्यौली थलो अर्यालगाउँमा शनिबार अर्यालका घनिष्ट मित्र एबम भैरब पुरस्कार गुठीका अध्यक्ष रोचक घिमिरेले प्रतिमा अनावरण गरेका हुन । कार्यक्रममा बरिष्ठ साहित्यकार विजय चालिसे, गोकर्णेश्वर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष केशब गुरुङ तत्कालिन जोरपाटी गाबिसका अध्यक्ष एबम साहित्यकार गोपाल बराल अर्थविद डा. रेवत बहादुर कार्की अर्यालका जेठा छोरा प्राध्यापक डाक्टर दिपक अर्याल लगायत स्थानीयको उपस्थिति रहेको थियो। स्थानीय समाजसेवी अर्जुन गौतमले अध्यक्षता गरेको कार्यक्रममा तत्कालिन जोरपाटी गाबिसका अध्यक्ष एबम साहित्यकार गोपाल बरालले भैरब पुरस्कार गुठीले स्थापना काल देखि गर्दै आएको गतिबिधिहरुको बारेमा प्रकाश परेका थिए ।
अनावरण कार्यक्रममा बोल्दै साहित्यकार रोचक घिमिरेले नेपाली व्यंग्य साहित्य सर्जक अर्यालका रचना अहिले पनि सान्दर्भिक रहेको बताए। व्यंग्य साहित्यबाहेक समालोचना र पत्रकारितामा पनि अर्याल पोख्त रहेको बताए ।कार्यक्रममा बरिष्ठ साहित्यकार विजय चालिसेले व्यंग्य साहित्यमा अर्याललाई कसैले चुनौती दिन नसकेको दाबी गरेका थिए। कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष केशब गुरुङले राष्ट्रकै गहना अर्यालको सम्मान गर्न पाउदा नगरपालिका परिवार गौरवान्वित भएको बताए। त्यसै गरि अर्थविद डा. रेवत बहादुर कार्कीले अर्यालका व्यंग्य साहित्यमा उच्च कोटीको रहेको बताए। स्थानीय पुण्य प्रसाद दाहालले अन्यत्र अपहेलित अवस्थामा रहेकको अर्यालको प्रतिमा उनकै पुर्ख्यौली थाकथलोमा राख्न पाउदा गौरब लागेको बताएका थिए।कार्यक्रममा अर्यालका जेठा छोरा प्राध्यापक डाक्टर दिपक अर्याल यस्ता रचनात्मक कार्यमा परिवारजनको पूर्ण सहयोग रहने बताएका थिए ।