Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/04/277972265_524525272489710_7690505898883932309_n-1024x679.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/04/278796402_408463307399341_4166017545518135836_n-1024x679.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/04/278702328_561403175306470_2989749906658484027_n-1024x679.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नेकपा एमाले गोकर्णेश्वर नगर कमिटिको प्रतिबद्दता पत्र सार्वजनिक

कपन अनलाइन

काठमाडौं बैशाख ९ ।  नेकपा एमाले गोकर्णेश्वर नगर कमिटीले  शुक्रबार  आसन्न स्थानीय तहको निर्वाचनका लागि तयार पारिएको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । ७४ औँ पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा  एमाले गोकर्णेश्वरले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक  गरेको हो।

नबिल फुडल्याण्डमा  नगर कमिटि अध्यक्ष उद्दब बिष्टको अध्यक्षता भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा एमाले पोलिटब्युरो सदस्य एबम क्षेत्र नं ३ का सांसद माननीय कृष्ण राइ रहेका थिए भने बिशेष अतिथिको रुपमा  बागमती प्रदेश कमिटि सदस्य हरिकृष्ण श्रेष्ठ  बागमती प्रदेशकमिटि सदस्य डा बिदुर चालिसे, जिल्ला कमिटि सदस्य पुण्यप्रसाद चौलागाई नेत्री शान्ति श्रेष्ठ,  काठमाडौं जिल्ला समन्वय समिति  सदस्य सान्नानी लामा, उद्दब  भण्डारी  नेपाल परिवार दलका काठमाडौं अध्यक्ष राजेश बिष्ट,समाजसेवी तुलसी पौडेल लगायत नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा नगर कमिटि अध्यक्ष उद्दब बिष्टले ७४ औँ पार्टी स्थापना दिवसको  शुभकामना दिदै  नेकपा  एमाले गोकर्णेश्वर द्वारा आसन्न स्थानीय तहको निर्वाचनका लागि तयार पारिएको प्रतिबद्धता पत्र सार्वजनिक गरेका थिए । प्रतिबद्दता पत्रमा भौतिक पूर्वाधार आधारभूत मौलिक अधिकार, कृषि ,पर्यटन, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा उद्योग कलकारखाना,रोजगार, गौरबका योजना  लगायतलाइ समिटिएको छ।

 कार्यक्रममा आसन्न स्थानीय तहको निर्वाचनका वडा बाट सर्वसम्मत उम्मेदवारहरुको नाम समेत सार्वजनिक गर्दै बाँकी रहेका उम्मेदवारहरुलाई सर्वसम्मत निर्णय गर्नको लागि अनुरोध गरिएको थियो।उक्त कार्यक्रममा केहि समय नेकपा एसमा गएर पुन नेकपा एमालेमा फर्किएका सुन्दरीजल निवासी गोकुल धिमाललाइ  स्वागत गरिएको थियो ।कार्यक्रममा शुभकामना मन्तब्य राख्दै नेकपा एमाले पोलिटब्युरो सदस्य एबम क्षेत्र नं ३ का सांसद माननीय कृष्ण राइले  गोकर्णेश्वरको चौतर्फी बिकासका लागि एमालेको उमेद्वारी महत्वपुर्ण हुने बताएका थिए। उनले नेकपा एमालेका उमेद्वारलाइ जिताउन निर्धक्क भएर चुनावी तयारीमा लाग्न समेत  निर्देशन दिएका  थिए  ।

तपाइँको प्रतिक्रिया ।