कीर्तिपुर नगरपालिकाका प्रमुख, उप प्रमुख सहित वडा अध्यक्षहरुले दिए राजिनामा
कपन अनलाइन
काठमाडौं बैशाख १० । कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधिहरुले राजिनामा दिएका छन । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नको लागि जनप्रतिनिधिहरुले आ आफ्नो पद बाट राजिनामा दिनुपर्ने आचार संहितामा उल्लेख गरिए अनुसार कीर्तिपुर नगरपालिका प्रमुख, उप प्रमुख र सबै वडाका वडा अध्यक्षहरुले बैशाख ८ गते बिशेष पत्रकार सम्मेलन गरि राजिनामा दिएको घोषणा गरेका हुन ।
राजिनामा दिनेहरुमा नगर प्रमुख रमेश महर्जन एमाले,उप प्रमुख सरस्वती खड्का एमाले, १ नं वडा अध्यक्ष हर्ष महर्जन एमाले, २ नं वडा अध्यक्ष रमेशमान डंगोल, एमाले वडा नं ३ वडा अध्यक्ष राजेन्द्र महर्जन,एमाले वडा नं ४का वडा अध्यक्ष राजेन्द्र बानियाँ नेपाली कांग्रेस वडा नं ५का वडा अध्यक्ष राजेन्द्र महर्जन,नेपाली कांग्रेस वडा नं ६ का न्हुच्छे बहादुर महर्जन एमाले, वडा नं ७ का वडा अध्यक्ष राजकुमार माली एक बर्ष अघि निधन भएको, वडा नं ८ का वडा अध्यक्ष बिनोद महर्जन नेपाली कांग्रेस, वडा नं ९ का वडा अध्यक्ष गंगाराम महर्जन एमाले र वडा नं १० का वडा अध्यक्ष अमन महर्जन एमालेले राजिनामा घोषणा गरेका हुन ।राजिनामा घोषणा गर्दै जनप्रतिनिधिहरुले जनताको भावना अनुसार काम गरेको जानकारी गराउदै कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गरेका थिए ।
फोटो सौजन्य : कीर्तिअनलाइन