ओखलढुंगा चम्पादेवी-५ का अंक तामाङ्ग : कांग्रेसबाट वडा अध्यक्षमा सिफारिस एमालेबाट उम्मेद्वार

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १०।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट चम्पादेवी गाउँपालिका वडा नं ५ को अध्यक्ष पदमा अंक तामाङ्ग सर्वसम्मत सिफारिस भएका छन।

नेपाली कांग्रेसबाट वडा नं ५ को आध्यक्ष पदका लागि सिफारिसमा परेका तामाङ्ग नेकपा एमालेमा प्रवेस गर्दै सर्वसम्मत उम्मेदवार बन्न सफल भएका हुन्।

तामाङ्ग संगै मनोज बुढाथोकी र मोहन कुमार तामाङ्गको नाम नेपाली कांग्रेसले सिफारिस गरे संगै नेकपा एमालेमा प्रवेस गरेका अंक तामाङ्ग वडा नं ५ का राजनीतिक ,विकास निर्माण र समाजसेवामा सक्रिय रहेका परिचित अनुहार हुन्।

२०७४ सालको निर्वाचनमा चम्पादेवी गाउँपालिका वडा नं ५ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका झलक मान तामाङ्ग निर्वाचित भएका थिए।

तपाइँको प्रतिक्रिया ।