कागेश्वरी मनोहरा नगरपालिकामा उपप्रमुख पदको लागि नेपाली कांग्रेसका दिनेश अर्यालको दावी

कपन अनलाइन

काठमाडौं, बैशाख ८ । स्थानीय तहको निर्वाचनको माहोल निकै तातेको  छ । दलहरु पार्टीका संगठन सुदृढ गर्न देखि लिएर आफ्ना कार्यकर्ता बीच भेटघाटमा व्यस्त देखिन्छन् । सबै दलले आफ्नो पार्टी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा पहिलो हुने दाबी गरिरहेका छन् । गठबंधनका लागि पनि सहमति जुटाउन जुटेका छन् । यस्तैमा नेपाली कांग्रेस  कागेश्वरी मनोहराले  पनि पनि सो कार्यलाई निरन्तरता दिदै भेटघाट र छलफल तिब्र बनाएको छ । गठबन्धनको लागि नेताहरु सहमति जुटाउन लागि परे पनि  कागेश्वरी मनोहरा नगरपालिकामा उप प्रमुख पदको लागि नेपाली कांग्रेस बाट क्षेत्रीय प्रतिनिधि दिनेश अर्यालले दावी गरेका छन ।

अर्यालले नेपाली कांग्रेस साबिक गागलफेदी १को इकाई सचिव भएर  काम गरिसकेका छन  भने   नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगर कार्यसमितिमा समेत सचिबको जिम्मेवारी कुशलता पुर्वक कार्य सम्पादन गरिसकेका छन ।  जेसिज मनोहराका वर्ष २०२२ का अध्यक्ष समेत रहेका अर्याल  बिभिन्न संघ संस्थामा आवद्द हुदै सामाजिक क्रियाकलापमा सक्रिय रहेका छन ।युवा पुस्तामा मिलनसार समाजसेवि  अर्याल युवालाई नेतृत्व ल्याउन प्रोत्साहित गर्दै आएका छन  आफू निर्वाचित भएको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिकामा  सुशासन सहितको विकासको बाटोमा  नगरलाई अगाडी बढाउने तथा सो क्षेत्रको  मानव विकास सुचांकलाई वृद्धि गर्दै समुन्नत  नगर बनाउने योजना  रहेको बताएका छन ।काँग्रेसले आफुलाई अवसर दिएमा  कागेश्वरीको  परम्परागत कला संस्कृतिको संरक्षण गर्दै अहिले यहाँ देखिएको शिक्षा, स्वास्थ्य र सार्बजनिक यातायात लगायतको  समस्यालाई सम्बोधन गर्ने गरि कार्यक्रम ल्याउन पहल गर्ने  बताएका छन  ।

अर्यालले  नगरको पहिचान बचाउन भूमिका खेल्दै  विकासको एकीकृत योजना बनाएर जाने आफ्नो सोच रहेको बताएका छन  । उनले अहिलेका जनप्रतिनिधिले अगाडी सारेका योजनालाई पनि समेटर थप राम्रो काम गर्नको लागि पनि नगर उपप्रमुख पदमा उम्मेद्वारी दिन लागेको बताएका छन ।राम्रालाई भन्दा हाम्रालाई छान्ने प्रवृतिले केही गरौँ भनेर अघि सर्दै गर्दा  ओझेलमा पर्ने पो हो की  भन्ने आशंका पनि उत्तिकै रहेको बताउनेअर्यालले  आफुले  उम्मेद्वारी पाए जित्ने दरिलो आधार रहेको पनि धारणा ब्यक्त गरेका छन।

तपाइँको प्रतिक्रिया ।