गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङको सेमिफाइनलमा चन्द्रकला र नाङजा

गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङको सेमिफाइनलमा चन्द्रकला र नाङजा

काठमाडौं, बैशाख ७ ।
नेपाल आर्मीकी चन्द्रकला थापा र एपीएफकी नाङजा बुढा मगर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५७ केजीमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । बसन्तपुर डबलीमा चन्द्रकलाले स्वस्तिका तिरुवा तथा नाङजाले लुम्बिनी प्रदेशकी जानकी थापा मगरलाई पराजित गरे ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको महिला ५१ केजीमा एपीएफकी सन्जुमाया थिङले कर्णाली प्रदेशकी आरती विक तथा नेपाल प्रहरीकी दिवाना शेर्माले गण्डकी प्रदेशकी अस्मिता थापालाई हराउदै सेमिफाइनलमा पुगे । महिला ६० केजीमा बाग्मती प्रदेशकी शशिकला राईले गण्डकीकी जोशिका श्रेष्ठ तथा आर्मीकी संगिता डंगोलले कर्णालीकी मनीषा मगरको चुनौती समाप्त पार्दै सेमिफाइनल यात्रा तय गरे ।

तपाइँको प्रतिक्रिया ।