सुन्दरबस्ति बन्यो बुढानिलकण्ठका दलहरुको केन्द्र,करिव ३ सय मिटर भित्र तिन दलका कार्यालय

सुन्दरबस्ति बन्यो बुढानिलकण्ठका दलहरुको केन्द्र,करिव ३ सय मिटर भित्र तिन दलका कार्यालय

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ५।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ को सुन्दरबस्ती बुढानिलकण्ठका दलहरुको केन्द्र बनेको छ ।

नेकपा एमाले र नेपाली कांग्रेस पछी नेकपा माओवादी केन्द्र सुन्दरबस्तीमा  कार्यालय स्थापना गर्ने तेश्रो दल बनेको छ। करिव ३ सय मिटरको दुरीमा तिन दलका नगर कार्यालय स्थापना भए संगै सो क्षेत्रमा राजनीतिक चहल पहल निकै बढेको छ ।

२०७४ सालको निर्वाचन अगाडी नै नगर नेकपा एमालेले नगर कार्यालय स्थापना गरेको सो क्षेत्रमा केहि समय अगाडी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस बुढानिलकण्ठ नगर कार्यसमितिको कार्यालय उदघाटन गरेका थिए।

नेकपा एमाले र नेपाली कांग्रेसका नगर कार्यालय आमने सामने रहेका छन भने नेकपा माओवादी केन्द्रको कार्यालय करिव ३ समय मिटरको दुरीमा रहेको छ।

२०७४ सालमा वडा नं ८ को कार्यालयमा स्थानीय तहको कार्यालय रहेको र आसन्न निर्वाचनमा सो स्थान वा नगरपालिकाको कार्यालयमा निर्वाचन कार्यालय हुने भएकोले राजनीतिक दलहरुले नजिक रहेको सुन्दरबस्तीलाई चयन गरेका हुन्।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।