गणेमान सिंह बक्सिङ मंगलबार देखि हुने

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ५।
नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको स्मृतिमा गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता मंगलबारदेखि सुरु हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहने छ ।
काठमाडौंको बसन्तपुर डबलीमा आगामी शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक राजीव श्रेष्ठले जानकारी दिए । ‘प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । सातै प्रदेशका खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापक काठमाडौं आइसकेका छन्’, उनले भने, ‘हामी सबै खेलाडी, प्रशिक्षक र अफिसियललाई स्वागत गर्न आतुर छौं ।’
प्रतियोगितामा पुरुषतर्फ ४८, ५७, ६३, ६९, ७५, ८१, ९१ केजी गरी सात वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलातर्फ ४८, ५४—५७, ६०, ६४—६९, ६९—७५ केजी गरी पाँच वटा तौल समूहमा प्रतिस्पर्धा हुने छ ।
प्रतियोगितामा प्रदेश १ बाट सात पुरुष÷चार महिला, मधेश प्रदेशबाट सात पुरुष÷पाँच महिला, बागमती प्रदेशबाट सात पुरुष÷तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । यसैगरी गण्डकी प्रदेशबाट सात पुरुष÷तीन महिला, लुम्बिनी प्रदेशबाट ६ पुरुष÷चार महिला, कर्णाली प्रदेशबाट ६ पुरुष÷४ महिला, विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट सात पुरुष÷पाँच महिला, एपीएफबाट सात पुरुष÷५ महिला र नेपाल पुलिस क्लबाट चार पुरुष÷२ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा ६५ पुरुष र ३७ महिला गरी १०२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताका हरेक तौल समूहका विजेताले २५ हजार नगद पुरस्कार पाउने छन् । यसैगरी दोस्रो हुनेले १५ हजार र तेस्रो स्थान हात पार्ने दुई खेलाडीले जनही सात हजार पाँच सय रुपैयाँ पुरस्कार पाउने छन् । यसैगरी उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र उत्कृष्ट महिला खेलाडीलाई स्कुटर प्रदान गरिने प्रतियोगिता संयोजक राजीव श्रेष्ठले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।