नेकपा एमाले बुढानिलकण्ठका नगर प्रमुख र उपप्रमुखका दावेदारहरुले कार्ययोजना बुझाए

कपन अनलाइन
काठमाण्डौ ,वैशाख ४।

नेकपा एमाले बुढानिलकण्ठका नगर प्रमुख र उपप्रमुखका दावेदारहरुले कार्ययोजना बुझाएका छन। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नगर प्रमुख र उपप्रमुख पदमा आफ्नो दावेदारी प्रस्तुत गर्ने नेताहरुले लिखित कार्ययोजना बुझाएका हुन्।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीले आयोजना गरेको प्रस्तुतीकरण तथा छलफल कार्यक्रममा उम्मेदवार बन्न दावेदारी प्रस्तुत गरेका नेताहरुले कार्ययोजना र आफ्ना नीति तथा कार्यक्रम प्रस्तुत गरेको नगर कमिटी अध्यक्ष प्रदिप डंगोलले जानकरी दिएका छन।

बुढानिलकण्ठ -३ पार्क भिलेज होटलमा भएको कार्यक्रममा नगर प्रमुख र उपप्रमुखका दावेदारहरुले बुढानिलकण्ठको पूर्वाधार विकास देखि हरियाली प्रवर्धन सम्मका योजनाहरु प्रस्तुत गरेका थिए।

उम्मेदवार दावी गरे संगै नेताहरुको घर दैलोमा हाजिरी लगाउदै धर्ना र दवाव दिने पुरानो प्रचलन तोड्न  यस पटक बुढानिलकण्ठ नगर कमिटीले दावेदारहरु संग स्पस्ट योजना र कार्यक्रमहरु मागेर छलफल चलाएको थियो।

दावेदारहरु बाट आएका रचनात्मक र प्रभावकारी योजना तथा कार्यक्रमहरुलाई स्थानीय निर्वाचनको प्रतिवदत्ता पत्रमा समेट्ने तयारी गरेको नेकपा एमाले बुढानिलकण्ठले जिल्ला कमिटीमा नाम सिफारिस गर्दा सो कार्ययोजना पनि संगै पठाउने तयारी गरेको छ।

 

 

 

तपाइँको प्रतिक्रिया ।