मैले पाँच मुख्य प्राथमिकता तय गरेर नगरवासीको सेवा गरेको छु र गरिरहने छु : उद्दव प्रसाद खरेल

मैले पाँच मुख्य प्राथमिकता तय गरेर नगरवासीको सेवा गरेको छु र गरिरहने छु : उद्दव प्रसाद खरेल

कपन अनलाइन
काठमाडौं, बैशाख ३।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले पाँच मुख्य कार्यभार तय गरेर नगरवासीको सेवा गरेको र गरिरहने बताएका छन।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुन नगर प्रमुखको दावी गरेका खरेललाई कपन अनलाइनको चुनाव चर्चा विशेषमा राखेको तपाईका विशेष प्राथमिकता र योजनाहरु के के हुन् ? भन्ने प्रश्नमा खरेलले राखेको विचारको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।

के के छन नगर प्रमुख खरेलका पाँच मुख्य प्राथमिकता ?

१. सुशासन 

२०७४ साल जेष्ठ १० गते सपथ खाएर कार्यभार सम्हाल्दा देखिनै हामीले सुशासनलाई पहिलो र अनिवार्य प्राथमिकतामा राखेर काम गरेका छौ। लामो समयको जनप्रतिनिधि बिहीनता र कर्मचारीमा निर्भर प्रसासनलाई सुधार गर्नु हाम्रो चुनौती रहेको थियो।

नगरवासीलाई मुस्कान सहितको सेवा प्रदान गर्ने प्रतिवदत्ता घोषणा पत्र मै गरेका हामीले कार्यपालिकाको बैठकबाट सुशासन समिती बनाएर आन्तरिक प्रसासनमा सहजीकरण गरेका छौ।

२. भौतिक पूर्वाधार विकास 

बुढानिलकण्ठ नगरपालिकामा भौतिक पूर्वाधार विकासलाई महत्वपूर्ण प्राथमिकतामा राखेर काम गरेका छौ जसको परिणाम नगरवासीले स्पस्ट संग देखिरहनु भएको छ।

सडक,उधान,सामुदायिक भवन संगै साना ठुला गरेर सयौ पूर्वाधारहरु निर्माण भएका छन भने नगरको मेरुदण्डका रुपमा रहेको नगर चक्रपथ निर्माणको अन्तिम चरणमा रहेको छ।

सम्झौता भएर त्यसै अल्झिरहेका दर्जनौ योजनाहरुका वारेमा निरन्तर चासो र पहल गरेर  नगरपालिकामा हालसम्म १३३ किलिमितर सडक पक्कि ,विस्तार र मर्मत गरिएको छ।

जगडोल देखि सापाटार हुदै कौडोल गाम्चा सड़क,आकाशेधारा-साप्रेढुङ्गा मानवहादुर मार्ग सडक,गणेश मा.वि. हुँदै चुनिखेल जाने सडक ,मान बहादुर मार्ग-धोबीखोला करिडोर हुदै चुनिखेल र कपन जोड्ने सडक,कपन साततले देखि आकाशेधारा-साप्रेढुङ्गा मानवहादुर मार्ग,चुनिखेल वडा कार्यालयवाट सापाटार,चपली घुम्तीवाट पासीकोट र वडा नं. ६ दक्षिण लुडेखोला सडक ,साप्रेढुङ्गा (वडा ८ सुन्दरवस्ती) विद्युतको टावर हुदै वडा नं २ सवस्टेशन भंगाल सम्मको सडक आदि पूर्वाधार विकासका उदाहरण रहेका छन।

सडक संगै संघ संस्थाहरुको व्यवस्थित र संस्थागत विकासका लागि धेरै सामुदायिक भवनहरुको निर्माण भएको छ। सिप विकास केन्द्र वडा नं ८ ,पानचोक सामुदायिक भवन वडा नं ७,मन्दिर सहित सामुदायिक भवन वडा नं ५ ,महादेव स्थान जेष्ठ नागरिक भवन र हाल वडा कार्यालय रहेको क्रियापुत्री भवन वडा नं २ , स्वास्थ्य केन्द्रहरु सहित दर्जनौ भवन निर्माण सम्पन्न भएका छन भने केहि वडा कार्यालय आफ्नै भवनमा सर्नुका साथैचार वटा भवन निर्माणाधीन रहेका छन।

३.सामाजिक र मानवीय विकास  

हाम्रो तेश्रो प्राथमिकता सामाजिक र मानवीय विकास रहेको छ। नगरपालिकाले प्राविधिक शिक्षा तथा तालिम व्यवस्थापन समिती बनाएर सामाजिक विकासका कामलाई अगाडी बढाएको छ।

हामीले सार्वजनिक शिक्षालाई विशेष ध्यान दिदै विद्यालय भवन , कलेजहरुको दिगोपन र विद्यार्थी तथा शिक्षकहरुको शशक्तिकरणमा धेरै कम गरेका छौ।

त्यस्तै बुढानिलकण्ठ नगरपालिकाको नगर अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ भने खेलकुद र युवाहरुको विकासको क्षेत्रमा पनि धेरै कम भएका छन।

सामाजिक र मानवीय विकासको क्षेत्रमा गरेका कामहरुको चर्चा अहिले छोटो समयमा गर्न सकिदैन अव चाडै नगरपालिकाको प्रगति प्रतिवेदन मार्फत सबै सार्वजनिक गर्नेछौ।

४.आर्थिक विकास    

बुढानिलकण्ठ प्राकृतिक,सांस्कृतिक र मानव विकासमा निकै धनी र समृद्ध नगरपालिका हो। यस नगरपालिकाको आर्थिक विकासमा भूमिका खेल्ने पूर्वाधार निर्माण पछी हामीले धेरै कार्यक्रम तथा योजनाहरु अगाडी सारेका छौ।

यसका केहि उदाहरण डाँडागाउँ,चिसेनी,जगडोल ,चुनिखेल,पन्चकन्या बंदेली,तौलुंग,भसंथली जस्ता क्षेत्रमा  देखिएको आर्थिक विकासलाई लिन सकिन्छ।

त्यस्तै वडा नं १३ को क्षेत्रलाई कृषि विशेष क्षेत्र घोषणा गरेर भएका कामहरु र किसान केन्द्रित अभियानहरुले पनि आर्थिक प्रवर्धनमा टेवा पुर्याएका छन भने नगरपालिकामा खुलेका तारे होटल र कल कारखाना ,प्रेस आदिले पनि हाम्रो आर्थिक विकासको अभियानमा सहयोग गरेका छन।

आगामी दिनमा उद्योग,लगानी र  व्यावसाय मैत्री नगरपालिका बनाउन गुरु योजना नै निर्माण गर्नेछौ।

५. पर्यावरण,प्रकृति र वातावरण 

शिवपुरी पर्वतको काखमा रहेको सुन्दर बुढानिलकण्ठको पर्यावरण,प्रकृति र वातावरण संरक्षण र विकास हाम्रो अर्को प्राथमिकताका रुपमा रहेको छ।

काठमाण्डौ उपत्यकाको जल भण्डार रिचार्ज गर्ने जलाधार क्षेत्र रहेको बुढानिलकण्ठ नगरपालिकाका सामुदायिक बन संरक्षण , निकुजं क्षेत्रको विकास र सार्वजनिक जग्गा संरक्षणलाई हामीले सधै प्राथमिकतामा राखेका छौ।

बागद्वार ,विष्णुद्वार,धोवीढुंगा जस्ता मुहानहरुको संरक्षण गर्नु हाम्रो पहिलो दायित्व भएकाले निकुन्ज संग सहकार्य गरेर विभिन्न अभियानहरु संचालन गरेका छौ भने हरेक घरमा विरुवा रोपन ,खाली स्थानमा फलफुल लगायतका विभिन्न जातका वृक्षारोपणलाई व्यापक बनाएका छौ।

बुढानिलकण्ठ मूल सडकमा हरियाली प्रवर्धनलाई अगाडी बढाएका हामीले बुढानिलकण्ठको प्रकृति र संस्कृतिलाई समृद्धि संग जोड्न धेरै योजना तथा कार्यक्रमहरु कार्यन्वयन गरेका छौ।

अव फेरी दोश्रो कार्यकालका लागि नगर प्रमुखमा दावी गर्नु भएको छ ,नेताहरुको घरदैलो र दौडधुप निकै होलानी ? भन्ने कपन अनलाइनको प्रश्नमा  खरेलले आफु सधै राजनीतिलाई सेवा मानेर अनेक सम्भावना र अवसरलाई वेवास्ता गर्ने मान्छे भएकोले कुनै नेताको घरमा नगएको र नजाने बताएका छन।

पार्टीले आवस्यकता महसुस गरेर जिम्मेवारी दिए पदमा बसेर अहिले जस्तै  मन बचन र कर्मले नगरवासीको सेवा गर्ने बताउदै नगर प्रमुख खरेलले जिम्मेवारी नपाए अनि जिम्मेवारी पाउने नेता संगै कुम जोडेर नगरवासीको सेवामा सक्रिय रहने धारणा राखेका छन।

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।