निर्देशक जौन योञ्जनको निर्देशनमा निर्माण हुने चलचित्र आखाँमा अभिनेता बुद्धि तामांग अनुबन्धित

निर्देशक जौन योञ्जनको निर्देशनमा निर्माण हुने चलचित्र आखाँमा अभिनेता बुद्धि तामांग अनुबन्धित

कपन अनलाइन

काठमाण्डौ,बैशाख २ ।

निर्देशक जौन योञ्जनको निर्देशनमा निर्माण हुन लागेको नयाँ चलचित्र आखाँमा अभिनेता बुद्धि तामांग अनुबन्धित भएका छन् । बुद्धि तामंग आफ्नों धेगो ‘हैट’ ले सारा नेपाली माझ लोकप्रिय छन।

आफ्नो कर्ममा विश्वास राख्ने बुद्धि यस चलचित्रमा अहिले सम्मकै फरक भूमिकामा प्रस्तुत हुँदै छन।आफुले भोगेका दुखको दिनहरु सम्झी बुद्धि भन्छन ,‘दुखले जिउन सिकाउने रै’छ, भोगाईले हेर्ने दृस्टीकोण, यहि दृस्टीकोणलाइ निर्देशक जौन योन्जनको चलचित्र आखाँमा आफुले उतार्ने बताएका छन।’

जौन योञ्जनकै कथा रहेको फिल्मको पटकथा योन्जन आफैले तयार पारेका हुन् । योन्जनले यसअघि फिल्म ‘बाह्र सत्ताइस’ निर्देशन गरेका थिए र उनकै लेखन र निर्देशकमा बनेको फिल्म ‘म राजेश हमाल’ को सम्पादनमा रहेको छ ।

अलोक शुक्लाले खिच्ने फिल्ममा मुख्य सहायक निर्देशक सन्तोष मल्ल र सहायक निर्देशक ध्रुव कार्की रहेका छन भने कार्यकारी प्रोडक्सन हेड सुबाश सिंह ठकुरीले सम्हालेका छन ।

लामा सिनेमास् को प्रस्तुति रहेको चलचित्रलाइ साइलेन्ट एक्ट र ढाका टोपी फिल्मले निर्माणमा सहकार्य गरेका छन । फिल्म ‘आँखा’ निम्नवर्गीय परिवारको सोसियल ड्रामामा आधारित कथा हो । धनी र गरिबबीचको खाडल र मानवताको पाटोलाई दर्शाउने गरी बिभिन्न पात्रको आखाबाट चलचित्रलाइ देखाउन खोजेको निर्माण टिमले जनाएको छ । यस चलचित्रमा अभिनेत्री निशा अधिकारी  अनुबन्धित भइसकेकी छिन भने अभिनेता आर.के मेहता पनि अनुबन्धित भएका छन् । फिल्म २४ वैशाखबाट फ्लोरमा जाने निर्माण टिमले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।