विश्व स्काउट संगठन एसिया प्रशान्त क्षेत्रको ठूलो मेधावी योगदान पदक ओलीलाई

विश्व स्काउट संगठन एसिया प्रशान्त क्षेत्रको ठूलो मेधावी योगदान पदक  ओलीलाई

कपन अनलाइन

काठमाण्डौ,बैशाख २ /नविना श्रेष्ठ

विश्व स्काउट एसिया-प्रशान्त क्षेत्रद्वारा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री एवं नेपाल स्काउटका तत्कालीन संरक्षक केपी शर्मा ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा एक कार्यक्रमको आयोजना गरि ओलीलाई सो पदक प्रदान गरिएको छ।

वैशाख १ गते नयाँ वर्षको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई उच्च पदक मेधावी योगदान प्रदान गरिएको हो।

नेपाल स्काउटको विकास र विस्तारका लागि अतुलनीय योगदान गरेको भन्दै विश्व संगठनको एसिया-प्रशान्त क्षेत्रले ओलीलाई मेधावी योगदान पदकले विभूति गरेको हो।

ओलीले नेपाल स्काउटलाई सातै प्रदेश ७५३ स्थानीय तहमा पुर्याउन संरक्षक हैसियतले अतुलनीय योगदान गरेको नेपाल स्काउटले बताएको छ।

काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा एक कार्यक्रमको आयोजना गरि ओलीलाई सो पदक प्रदान गरिए सँगै नेपाल स्काउटका एक ज्यूदो इतिहास सम्मान व्यक्तित्व गोविन्द नारायण ज्यापुलाई दोसल्ला ओढाई राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल स्काउटका सातै प्रदेशका स्काउटर , स्काउट लिडरहरु, रोभर, रेञ्जरहरु साथै स्काउटका सुभचिन्तकहरुको बाक्लो उपस्थित रहेको थियो।

तपाइँको प्रतिक्रिया ।