टोखा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका डा. दिपेन्द्र श्रेष्ठको चर्चा

कपन अनलाइन

काठमाण्डौ,बैशाख २ ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिकाको प्रमुख पदका लागि डा. दिपेन्द्र श्रेष्ठको चर्चा व्यापक रुपमा चलेको छ।

नेकपा एमाले बागमती प्रदेश सदस्य श्रेष्ठ टोखाका बौद्धीक  नेताका रुपमा स्थापित श्रेष्ठको नाम सिफारिस भए संगै टोखा नगरपालिकामा युवा प्रतिनिधित्वको आवाज एकाएक निकै बुलन्द बनेको छ ।

नगर स्तरका नेतासँग आफूलाई अघि सार्नुपर्ने प्रस्तावसहित विभिन्न छलफल सुरु गरेका समाजसेवी श्रेष्ठले विद्यावारिधिको उपाधि प्राप्त गरेका छन।

लामो समयदेखि सो क्षेत्रको सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय रहेका डा.श्रेष्ठले मेडिकल माइक्रोबायोलोजी विषयमा त्रिभुवन विश्वविद्यालयबाट पीएचडीको उपाधि प्राप्त गरेका हुन्।

नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रमुख स्वकीय सचिव समेत रहेका डा.श्रेष्ठ बुद्दिजीवी परिषदका केन्द्रीय सचिव समेत हुन् ।

तपाइँको प्रतिक्रिया ।