नेतृत्व विकासमा उदासिन र अनुदार बनेको भन्दै बुढानिलकण्ठका जनप्रतिनिधिहरु असन्तुस्ट

नेतृत्व विकासमा उदासिन र अनुदार बनेको भन्दै बुढानिलकण्ठका जनप्रतिनिधिहरु असन्तुस्ट

कपन अनलाइन

काठमाण्डौ,बैशाख २ ।

बैशाख ३० गते हुँने स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुख पदमा दावी गर्ने तयारी गरेका नगरपालिकाका  जनप्रतिनिधिहरु नेतृत्वको नदेखिने तर महसुस हुने खालको दवाव र प्रभाव परे संगै निरिह बनेका छन ।

पाँच वर्ष सम्म नगरपालिकामा जनप्रतिनिधि भएर प्राप्त गरेको अनुभव र ज्ञानलाई थप लगानी गर्नका लागि माथिल्लो पदमा जाने स्वाभाविक इच्छा व्यक्त गरेका ति  जनप्रतिनिधिहरु र विशेष नगर कार्यपालिकाका सदस्यहरु अहिले निकै अफ्ट्यारो र असहजतामा परेका छन।

पछिल्लो समय जनप्रतिनिधि भन्दा बाहिर बाट नागर उपप्रमुख बन्ने वातावरण सृजना भए संगै नेकपा एमाले बुढानिलकण्ठको राजनीतिमा निकै गरम बहस र क्रिया प्रतिक्रियाहरु सुरु भएको छ।

आफ्नो स्वाभाविक राजनीतिक र नेतृत्व विकासका लागि कम्तिमा उपप्रमुख पदको दावी गर्ने तयारीमा रहेका नगर कार्यपालिका सदस्यहरु छलफल र सल्लाहका लागि नेतृत्व संग पुग्दा सिधै तपाईहरुको हुदैन ,धेरै कुद्दा भएको पनि हराउला भन्ने रुखो जवाफ आउने गरेको  नाम नबताउने सर्तमा ( राजनीतिक कोपभाजनमा पर्ने डरले ) एक कार्यपालिका सदस्य बताउछिन।

कसरी बने  कार्यपालिका सदस्य र जनप्रतिनिधिहरु निरिह ?

निर्वाचन मिति घोषणा हुँदै गर्दा र उम्मेदवारीमा दावी र बहस चल्दै गर्दा धेरैको अनुमान यस पटक भएका प्रमुख र उपप्रमुख नै दोहोरिन्छन भन्ने नै थियो।

तर अनेम संघको ४० प्रतिसत प्रतिनिधित्वको माग र त्यसैको आडमा हालकी नगर उपप्रमुख रमा राईले नगर प्रमुखमा उम्मेदवारी दिने घोषणा गरे संगै उपप्रमुखका लागि दावेदार र इच्छुकहरुको दौड सुरु भएको थियो।

आफु नगर प्रमुखमा उम्मेदवार बन्ने घोषणा संगै नगरपालिकाका जनप्रतिनिधि,कार्यपालिका र न्यायपालिका सदस्यहरु संग छलफल गरेर सहज उत्तराधिकारी तयार गर्न उपप्रमुख राईले पहल लिने अपेक्षा गरिएको एक वडा सदस्य बताउछन।

तर आफ्ना सहयात्रीहरुको अपेक्षा र नेतृत्व विकासको चाहानालाई तुषारापात गर्दै राईले जनप्रतिनिधि भन्दा फरक उम्मेदवार बोकेको र उनको अभियानलाई सफल बनाउन काठमाण्डौ महानगर -५ तिर घर हुने एक बागमती प्रदेस पदाधिकारीले “ठेक्का” नै लिएको चर्चा र आशंकाले बुढानिलकण्ठको राजनीतिक माहोल एकाएक निकै गर्माएको एक वडा अध्यक्ष बताउछन।

कतिपय साना मुद्दा,कार्यक्रम र अभियानहरुका वारेमा पनि सामुहिक छलफल र बहस गर्ने निकै उन्नत प्रजातान्त्रिक अभ्यास गर्दै आएका नेकपा एमाले जिल्ला अध्यक्ष दीपक निरौलाको यो प्रसंगमा सन्नाटापूर्ण मौनता निकै अर्थपूर्ण रहेको बताउदै ति वडा अध्यक्षले नगरपालिकामा हस्तक्षेपकारी भूमिका खेल्ने नेताहरुको अहिलेको प्रस्तुतिले नेतृत्व विकास गर्न चाहाने जनप्रतिनिधिहरुको अवस्था माघको ठण्डीमा चिसो पानीले नुहाएको जस्तै भएको टिप्पणी गरेका छन।

अफ्ट्यारोमा बुढानिलकण्ठ नगर प्रमुख उद्दव खरेल 

नेपालकी रास्ट्रपति विद्यादेवी भण्डारी,नेकपा एमालेका बरिस्ट उपाध्यक्ष ईश्वर पोखरेल र नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईको प्रत्यक्ष /अप्रत्यक्ष सरोकार रहेको बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेल यो प्रसंग र प्रयास संग तीव्र असन्तुस्ट रहेपनि बाहिर भने बोलेका छैनन्।

दोश्रो कार्यकालका लागि नगर प्रमुख पदको दावेदार रहेका खरेलले पाँच वर्ष काम  गरेर नगरपालिका बुझेका कार्यपालिका सदस्य वा वडा सदस्यबाट उपप्रमुख पदको उम्मेदवार बनाउँदा भोलिका दिनमा काम गर्न निकै सजिलो हुने आफ्ना निकटहरुलाई बताउदै आएका छन।

तर आफुले अपेक्षा गरेका र नगरपालिका बुझेका कार्यपालिका र वडा सदस्यहरु विभिन्न दृश्य अदृश्य चलखेल र मनोबैज्ञानिक त्रासका कारण दावी नै गर्न नसक्ने  पछिल्लो घटनाक्रमको विकास संगै झस्किएका नगर प्रमुख खरेलले यस विषयमा नेतृत्व संग कुरा राख्ने तयारी गरेको उनि  निकट श्रोतले जानकारी दिएको छ।

नेपाली कांग्रेसका महामन्त्री तथा काठमाण्डौ क्षेत्र नं ४ का सांसद गगन थापा संग राजनीतिक मुद्दामा कुनै सम्झौता नगरी संसदमा सांसद भन्दा वडा अध्यक्ष ठुलो भयो भन्ने समेतको कुरा उठाउन थापालाई  बाध्य पारेका खरेल अवको संघीय निर्वाचन पछी हुन् सक्ने क्षेत्र पुनारावलोकनमा कपन क्षेत्र टुक्राउने वृहत डिजाइनको सिकार बनेको हुन् सक्ने  एक कार्यपालिका सदस्य बताउछन।

नेकपा एमालेमा भएको विभाजन र गठबन्धन संग निर्वाचन लड्नुपर्ने प्रतिकुल समयमा  जनता संग परिचित र अनुभवीलाई मैदानमा उतार्नुपर्ने अवस्थामा यस्तो चलखेलले कसैको हित नगर्ने बताउदै एक जिल्ला कमिटी सदस्यले नगर प्रमुख र उपप्रमुखले उम्मेदवारी दावी भन्दा पहिला आफ्ना सहयात्री संग बृहत छलफल गरेको भए उत्तम हुन्थ्यो भन्ने धारणा राखेका छन।

पछिल्लो अवस्था र जनप्रतिनिधिहरुमा देखिएको असन्तुस्टीलाई सम्बोधन गर्दै पुन बृहत छलफल चलाउने वारेमा नेकपा एमाले  बुढानिलकण्ठ नगरले पहल थाल्नु पर्ने सुझाव दिंदै एक बुद्दिजिविले  पेल्ने र थोपर्ने नीति यस पटक प्रत्युत्पादक बन्न सक्ने खतरा तर्फ गम्भीर भएर सोच्नु पर्ने राय व्यक्त गरेका छन।

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।