बुढानिलकण्ठ नगर प्रमुखमा नेपाली कांग्रेसका दुई “सभापति” को चर्चा

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २८ ।

२०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका दुई “सभापति” को चर्चा व्यापक बनेको छ।

नेपाली कांग्रेसबाट बुढानिलकण्ठ नगरपालिकाको प्रमुख पदका लागि अहिले सम्म १४ जनाले दावी गरे पनि अहिले काठमाण्डौ क्षेत्र नं ५ का क्षेत्रीय सभापति र बुढानिलकण्ठ नगर सभापतिको नाम निकै चर्चामा आइरहेको छ।

नेपाली कांग्रेसबाट बुढानिलकण्ठ नगरपालिकाको प्रमुख पदका लागि क्षेत्र नं ५ का सभापति श्याम बहादुर खड्का र नगर सभापति राजाराम बुढाथोकीको नाम चर्चामा आएको हो।

नेपाली कांग्रेसको १४ औ महाधिवेसनबाट क्षेत्र नं ५ को सभापतिमा निर्वाचित श्याम बहादुर खड्का र नगर सभापतिमा निर्वाचित राजाराम बुढाथोकीका वारेमा अहिले नेता ,कार्यकर्ता र अन्य विभिन्न मंचहरुमा व्यापक छलफल भैरहेको एक नेता बताउछन।

जसरि पनि नगरपालिकामा जित्नु पर्ने दवावमा रहेको नेपाली कांग्रेसले बलियो प्रतिद्वन्दी नेकपा एमालले टक्कर दिन सक्ने उम्मेदवार खडा गर्ने तयारी गरेको भन्दै उनले दुई सभापति यो दौडमा अगाडी रहेको बताएका छन।

खड्का र बुढाथोकी संगै गर प्रमुख पदको दावी गर्नेमा गोकर्ण केसी ,इन्द्र बहादुर थापा  ,बिनोद चालिसे,कृष्ण कुमारी बस्नेत ,मिना पराजुली ,बिजेन्द्र श्रेष्ठ,दामोदर भट्टराई ( बद्री ) , भोलानाथ लामिछाने ,अच्युत पौडेल ,रामकृष्ण  केसी र जया भण्डारी रहेका छन।

 

तपाइँको प्रतिक्रिया ।