चम्पादेवी गाउँपालिका वडा नं ९ मा “काका -भतिज” विच रोचक भिडन्तको संकेत

चम्पादेवी गाउँपालिका वडा नं ९ मा “काका -भतिज” विच रोचक भिडन्तको संकेत

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २७।

ओखलढुंगा जिल्लाको  चम्पादेवी गाउँपालिका वडा नं ९ मा “काका -भतिज” विच रोचक भिडन्तको संकेत देखिएको छ ।

सो वडामा नेकपा एमालेले श्याम कुमार पौडेललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ भने नेपाली कांग्रेसले सुजन पौडेललाई उम्मेदवार बनाउने तय गरेको छ।श्याम कुमार पौडेल देवी प्रसाद पौडेलका कान्छा भाइ हुन् भने सुजन पौडेल छोरा हुन्।

श्याम कुमार पौडेल र सुजन पौडेल नातामा सहोदर काका भतिज हुन्। चम्पादेवी गाउँपालिका वडा नं ९ का स्थायी बासिन्दा रहेका उनिहरु लामो समयदेखि सो वडामा विभिन्न सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय रहदै आएका छन।

साविक बिलंदु गाउँ कमिटीको सचिव,अध्यक्ष हुदै नेकपा एमाले वडा नं ९ को अध्यक्ष बनेका श्याम कुमार  पौडेल सो क्षेत्रमा रहेका विभिन्न सघ संस्था तथा अभियानहरुमा पनि सक्रिय रहदै आएका छन।

नेपाल विद्यार्थी संघ ओखलढुंगाका सचिव समेत रहेका सुजन  पौडेल राजनीति संगै विकास निर्माण र सामाजिक सेवाको क्षेत्रमा सक्रिय रहेका छन।

 

तपाइँको प्रतिक्रिया ।