बुढानिलकण्ठ-११ को अध्यक्षमा नेकपा एमालेका राजु अधिकारी र दलित महिला सदस्यमा रत्ना नगर्ची सर्वसम्मत
कपन अनलाइन
काठमाण्डौ ,चैत्र २६ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को अध्यक्षमा नेकपा एमालेका राजु अधिकारी र दलित महिला सदस्यमा रत्ना नगर्ची सर्वसम्मत सिफारिस भएका छन ।
वडा नं ११ को मा भएको संगठित सदस्य भेलाले २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वडा अध्यक्ष पदको उम्मेदवारमा अधिकारीको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।
त्यस्तै वडा नं १२ को दलित महिला सदस्यमा मिना बयलकोटी सर्वसम्मत सिफारिस गरेको भेलामा जिल्ला कमिटी सदस्य तथा नगर कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो।
तपाइँको प्रतिक्रिया ।