१५ औँ महाधिवेशन: नयाँ सोच, बलियो कांग्रेस : ई. बिजेन्द्र श्रेष्ठ
कपन अनलाइन
काठमाडौं भदौ ३१।
असोज ३ र ४ गते वडा अधिवेशन हुदैछ भने असोज १६ देखि १९ गते सम्म नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनहुदैछ। यो के वल नि यमि त राजनीति क प्र क्रि या मात्र होइन, पार्टी लाई अझ बलियो, व्यवस्थित र जनमुखी बनाउने ऐतिहासिक अवसर पनि हो। महाधिवेशन भनेको नेतृत्व चयनको प्रक्रिया मात्र होइन—वि चारको समीक्षा गर्ने,
संगठनलाई सुदृढ बनाउने र आगामी यात्राको दिशा तय गर्ने सामूहिक संकल्प पनि हो।
हाम्रो जस्तो गणतान्त्रिक र बहुदलीय व्यवस्थामा पार्टीको आन्तरिक प्रजातन्त्र नै राज्यको प्र जातन्त्रको आधार हो।
अधिवेशनहरू मर्यादित, पारदर्शी र सौहार्दपूर्ण ढंगले सम्पन्न भएमा मात्र पार्टी प्र ति जनविश्वास बढ्छ। त्यसैले
टोलदेखि वडा, वडा हुँदै नगर, क्षेत्र जि ल्ला, प्रदेश र केन्द्रसम्मका सम्पूर्ण अधिवेशन निर्धारित प्रक्रिया र
समयसीमा भित्र सफलतापूर्वक सम्पन्न गर्नु आजको अनिवार्य दायित्व हो।
यस क्रममा हाम्रो प्राथमिकता कु नै व्यक्ति विशेष होइन, पार्टी , संगठन र लोकतान्त्रिक मूल्य–मान्यता हुनुपर्छ। हामीबीच विचारमा विविधता हुनसक्छ, मतमा फरक हुन सक्छ, तर गन्तव्य एउटै छ—नेपाली कांग्रेसलाई अझ बलियो बनाउने र जनताको विश्वासलाई अझ मजबुत बनाउने।
हेरक महाधि वेशनमा युवा सहभागि ताको कु रा उठ्छ, तर व्यवहारमा युवालाई अवसरको ढोका कमै मात्र खुल्छ।
पार्टीमा सक्रिय रहँदा जोशजँागर र कार्यक्षमताको उचाइमा हुने युवा नेतृत्व, समयसीमाको अभावमा संगठनबाट
टाढिदै गएको अनुभव हामीसँग छ। कतिपय ठाउँमा नेतृत्व लिएर आएपनि जि म्मेवारी निर्वाह नगर्ने, अनि पछि फे रि
दाबी मात्र गर्ने प्रवृत्ति ले संगठनको वि श्वासयोग्यता घटाउँछ।
यसपटकको महाधि वेशनले यस्ता दुर्भाग्यपूर्ण अभ्यासलाई अन्त्य गर्नेछ। यस पटक नेपाली कांग्रेसले युवाको
सहभागिताको लागी बोलिमा मात्र हैन विधानमा पनि समेटिएको छ। वडा तह देखि केन्द्रीय तह सम्म ३५ बर्ष
मुनिका युवाहरुको प्रतिनिधित्व सुनिश्चितता गेरको छ।
महाधिवेशनमा कुनै पदमा दाबी गर्नु पूर्व प्र त्येक कार्यकर्ताले गहि रो स्वमूल्यांकन गर्नुपर्छ। के म यो पदको
जिम्मेवारी नि र्वा ह गर्न योग्य छु ? के म संगठनलाई दि ने प्रतिबद्धता व्यवहारमा पूरा गर्न सक्छु ? के मैले सबै उमेर
समूहलाई मिलाएर लैजान सक्छु ? पद व्यक्ति गत महत्त्वाकांक्षाको साधन होइन, जि म्मेवारी हो। जसले जुन
तहमा नेतृत्व गर्न चाहन्छ, उसले स्पष्ट कार्ययोजना र खाकासहि त तयारी गर्नुपर्छ। पदलाई न्याय गर्ने गरी दाबी गर्नु
भनेको आफू भन्दा पहि ले संगठनको हित चाहनु हो।
यसका साथै, आगामी स्थानीय तहको निर्वाचनलाई लक्षि त गर्दै स्थानीय संरचनालाई बलियो बनाउनु
महाधि वेशनको अर्को ठूलो परीक्षण हो।
संगठनमा वारम्वार एउटै व्यक्ति ले मात्र अवसर (पद र टि कट) पाइरहदा संगठनको जग कमजोर हुन्छ। जब एउटै
व्यक्ति ले लगातार अवसर पाइरहन्छ, उसमा “म नभए संगठन नै चल्दै न” भन्ने दम्भ पैदा हुन्छ। यसले संगठनलाई
गति शि ल बनाउनुको साटो उल्टो दि शाति र धके ल्छ।
आफ्नो कार्यकालमा सदस्यता कति बढायो? नँया पुस्तालाई कति जोड्यो? भेला र कार्यक्र म कति गर्यो ? वडा,
पालि का र नि र्वा चन क्षेत्रमा पार्टी लाई जि ताउन कस्तो भूमि का खेल्यो? वि कास निर्माण, सामाजि क काम, वि पत
व्यवस्थापन र जनताको सुख दुःखमा कति को साथ दि इरहेको छ? त्यसको आधारमा कसलाई कु न पद उपयुक्त
हुन्छ निर्धारण हुनुपर्छ।
संगठन बलियो भयो भने मात्र पार्टी बलि यो हुन्छ र पार्टी बलि यो भयो भने मात्र जनताको आवाज प्र भावकारी रूपमा
उठाउन सकि न्छ। त्यसैले १५औँमहाधि वेशनलाई ऐतिहासिक बनाउन हामी सबै एकजुट भएर लाग्नुपर्छ।
व्यक्ति गत आग्रह–पूर्वाग्रहभन्दा माथि उठौ , आपसी सम्मान र सहकार्यलाई प्राथमिकता दिऔं र लोकतान्त्रि क
अभ्यासलाई अझ बलि यो बनाऔं। सहमति , एकता, सहकार्य र लोकतान्त्रि क संस्कारका साथ नेपाली कांग्रेसको
१५औँ महाधि वेशनलाई ऐतिहासिक सफलता बनाऔं। जय नेपाल
( लेखक नेपाली कांग्रेस बूढानीलकण्ठ नगर कार्य समितिका सचिव हुन् )
