चन्द्रागिरि नगरपालिकामा गठबन्धनको पाँच दलीय संयन्त्र निर्माण
कपन अनलाइन
काठमाडौँ, चैत्र २३ ।
चन्द्रागिरि नगरपालिका रहेको पाँच दलीय गठबन्धनको दोश्रो बैठक सम्पन्न भएको छ। नेपाली कांग्रेसका चन्द्रागिरि नगर कार्य समितिको कार्यालयमा पाँच दलीय गठबन्धनको दोश्रो बैठक सम्पन्न भएको हो।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजबादी) र जनता समाजवादी पाटीको संयुक्त छलफल भएको नेपाली कांग्रेस चन्द्रागिरि नगर समितिका सचिव नविन महर्जले बताए।
छलफलमा नेपाली कांग्रेसका नगर उप सभापति राजेन्द्र विक्रम बानिया, नगर सचव राजेन्द्र महर्जन, नविन महर्जन, कोषध्यक्ष भिमकुमारी खत्री, मञ्जय प्रकाश श्रेष्ठ, माओवादी केन्द्रका सल्लाहकार मुकुन्द्र प्रसाद घिमिरे माओवादी केन्द्रका नगर अध्यक्ष देवकृष्ण महर्जन, नेकपा (एकीकृत समाजबादी) बाट तोरण थापा, नगर अध्यक्ष भाईकृष्ण बलामी, राष्ट्रिय जनमोर्चाका युवा नेता तथा बागमती प्रदेश सदस्य रोशन दानी, जनता समाजवादी पाटीका नेता रमेशचन्द्र प्रधान, नगर अध्यक्ष राजु महर्जनको उपस्थिति रहेको थियो।
पाँचै दलको चन्द्रागिरि नगर कमिटीको पहलकदमीमा बाम लोकतान्त्रिक गठबन्धनको उपस्थितिमा स्थानीय तहको चुनावसम्बन्धी दोश्रो बैठक सम्पन भएको माओवादी केन्द्रका सल्लाहकार मुकुन्द्र प्रसाद घिमिरेले बताए।
बैठकमा सहभागी नेताका अनुसार चन्द्रागिरिका सवै वडाहरुमा पाँच दलीय गठबन्धनकै जित हुनेगरी निवार्चनमा सहकार्य हुर्ने बताए। उनका अनुसार गठबन्धनको बैठक पुन: चैत्र २७ गते बैठक बस्ने तयारी भएको जनाइएको छ।
स्थानीय तहको वडादेखि नगर प्रमुख उपप्रमुख समेत मिलाउन दलहरु एक जुट भएको राष्ट्रिय जनमोर्चा चन्द्रागिरि नगर ईन्चार्ज रोशन दानीले बताए।
नेपाली कांग्रेस चन्द्रागिरिका उप सभापति राजेन्द्र विक्रम बाँनियाले प्रतिगमन विरुद्धमा बनेको पाँच दलीय गठबन्धनको दोश्रो बैठकले चन्द्र्रागिरि नगरपालिकाभित्र रहेको नगरस्तरीय पाँच दलीय गठबन्धन संयन्त्र तयार भएको र उक्त संयन्त्रमा नेपाली कांग्रेसका संयोजकत्वमा तिन सदस्य र सवै दलहरुवाट दुई/दुई जना सदस्य रहने गरि ११ जनाको संयन्त्र निर्माण भएको बताए।
तत्कालीन समयमा एमालेको सरकारलाई सर्मथन गरेको राष्ट्रिय जनमोर्चा प्रतिगमनको खतरा रहेको भन्दै गण्डकी प्रदेश सरकारलाई अल्पमतमा पारी कांग्रेस नेतृत्वको सरकारलाई सघाएपछि गठबन्धनमा सहभागी दल बनेको थियो।
कांग्रेसले पटक पटक सरकारको नेतृत्वमा केन्द्र र प्रदेशको सरकारमा सहभागी हुन आग्रह गर्दा पनि राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी भने भएको थिएन। पछि कांग्रेस, माओवादी र समाजवादीले एमसीसी अनुमोदन गर्दा राष्ट्रिय जनमोर्चाले विरोध गर्दै आइरहेको छ। एमसीसी अनुमोदन पश्चात गण्डकी प्रदेश फेरि अल्पमतमा पर्ने आँकलन गरिएको थियो।